करिब एक अर्ब ३३ करोड ऋणका कारण परिवारका तीन सदस्य आफ्नै घरमा मृत फेला

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १९ गते बिहिबार १०:३७

राकेश र टीनाले हालै टाट पल्टिएको भन्दै मुद्दा हालेका थिए । तर त्यो स्विकार्य भएन । उनीहरूमाथि एक अर्ब ३३ करोड भन्दा धेरै ऋण थियो । उनको बंगला पनि लिलामीमा जान लागेको थियो ।

प्रहरीले यस घट्नालाई आपसी हिंसाको नतिजा भनेको छ । तर, घरमा तोडफोड भएको छैन ।

काठमाडौं– अमेरिका, म्यासाचुसेट्समा बस्दै आएका भारतीय मूलका परिवारका तीन सदस्य आफ्नै घरमा मृत फेला परेका छन् । मृतकको परिचय राकेश कमल, उनकी पत्नी टीना र १८ वर्षीया छोरी एरियानाका रुपमा भएको छ । कमल परिवारमाथि करिब एक अर्ब ३३ करोड ऋण थियो । उनको बंगलाको मूल्य ६६ करोड रहेको थियो । डेली मेलको रिपोर्टअनुसार प्रहरीले यसलाई आपसी हिंसाको नतिजा भनेको छ । तर, घरमा तोडफोड भएको छैन ।
तीनै जनाको मृत्यु कहिले र के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार पुस १२ गते साँझ कमलका एक नातेदार उनको घरमा गएका थिए । सो क्रममा उनले एउटा मृत शरीर देखेका हुन् । आफन्तले प्रहरीलाई खबर गरेपछि थप २ जनाको शव घरभित्रै फेला पारिएको हो । राकेश र टीनाले हालै टाट पल्टिएको भन्दै मुद्दा हालेका थिए । तर त्यो स्विकार्य भएन । उनीहरूमाथि एक अर्ब ३३ करोड भन्दा धेरै ऋण थियो । उनको बंगला पनि लिलामीमा जान लागेको थियो ।
राकेशको शव नजिकै प्रहरीले एउटा बन्दुक पनि फेला पारेको छ । सन् २०२२ देखि नै कमलको परिवारले आर्थिक संकटको सामना गरिरहेको थियो । सेप्टेम्बर २०२२ टाट पल्टिएको घोषणा गर्न माग गरिएको आवेदन समेत रद्द भएको थियो । उचित फारम र कागजातको अभावमा गत अक्टोबरमा उनको आवेदन अस्वीकृत भएको हो । कमल परिवारको विशाल घरमा लगभग २७ कोठाहरू छन् ।
घर डोभर शहरको एक निजी सडकमा बनेको छ । टीनाले सन् २०१६ मा आफ्नै कम्पनी खोलेकी थिइन्, जुन सन् २०२१ मा बन्द भएको थियो ।
उनको कम्पनीले विद्यार्थीलाई ग्रेड सुधार गर्न मद्दत गर्दथ्यो । सन् २०२१ मा टीनाको कम्पनी बन्द भएको थियो, टीनाका पति राकेश सोही कम्पनीमा सीओओ (प्रमुख कार्यकारी अधिकृत) का रुपमा कार्यरत थिए । उनकी छोरी एरियाना पनि मिल्टन एकेडेमीमा भर्ना भएकी थिइन्, जुन म्यासाचुसेट्सको सबैभन्दा महँगो स्कूलमध्ये एक हो । उनी भर्मोन्टको मिडलबरी कलेजमा न्यूरोसाइन्स अध्ययन गर्न भर्ना भएकी थिइन् ।
डोभरमा पछिल्लो पटक सन् २०२० मा हत्याको घटना भएको थियो । त्यसपछि एक ५८ वर्षीय डाक्टरले आफ्नी श्रीमती क्याथलीनको हत्या गरी शव पोखरीमा फ्याँकेका थिए । म्यासाचुसेट्स प्रहरीले डोभरको उक्त क्षेत्रलाई सुरक्षित स्थान मानेको छ । त्यहाँ हिंसाका घटना निकै कम दर्ता भएका छन् । – एजेन्सी ।

प्रकाशित मिति २०८० पुष १९, बिहीबार १०:३७ गते
हजुरको प्रतिक्रिया