तीनपिप्ले(लमजुङ)- ठाडाेभाका लाेककला प्रतिष्ठान नेपालले यहाँ आयोजना गरेको एक कार्यक्रममा मेयरदेखि विद्यार्थीसमम नाचेर भरपुर मनाेरञ्जन लिए । यहाँ स्थित शिशुविद्याश्रम माविकाे सभाहलमा आयाेजित छात्रवृत्ति वितरण तथा ठाडाेभाका प्रस्तुति कार्यक्रममा पुस २० गते उक्त कार्यक्रम भएको हाे ।
राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले पानसमा दीप प्रज्ज्वलन गर्नु भएको उक्त कार्यक्रममा आयाेजक प्रतिष्ठानका उपमहासचिव आश बिक र प्रतिष्ष्ठानका आजीवन सदस्य काशीमाया तामाङलाई प्रतिष्ठानका संरक्षक एवम् ठाडाेभाका महानायक बुद्धिमान दुरा धम्पुले गायनमा सघाउनु भएको थियोे । साे अवसरमा प्रमुख अतिथि मेयर गुरुङ, प्रतिष्ठानका काेषाध्यक्ष सीता गुरुङ साेही माविका छात्रा दिलमाया कुमाल, रश्मीला बिक लगायतले नाचेर मनाेरञ्जन गराउनु भएको थियो ।
प्रतिष्ठानले बिगत चार वर्षदेखि भाेलिका दिनमा गायक बन्ने सकल्प लिएका राेशन कुमाललाई स्कुलमा पढ्दा लाग्ने सबै खर्च किताब, कापि, कलम, फि पाेशाक आदि प्रदान गर्दै आएको छ । याे वर्ष प्रतिष्ठानले २० हजार बराबरको सामग्री विद्यालयकाे रसिद सहित कार्यक्रमका प्रमुख अतिथि मेयर गुरुङ र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । मेयर गुरुङले ठाडाेभाका गण्डकी प्रदेशकै पहिचान बाेकेकाे लाेक संस्कृति हाे, यसकाे संरक्षण गर्नु हामी सबैको कर्तव्य हाे । याे गहन जिम्मेवारीलाई प्रतिष्ठानले गरेको प्रयास र कार्य सराहनीय छन्, याे क्षेत्रमा थप उपलब्धि प्राप्त हाेस् भन्ने कामना गर्नु भयो ।
साे अवसरमा प्रतिष्ठानका संरक्षक एवम् ठाडाेभाका महानायक बुद्धिमान दुरा धम्पुले मादलकाे बनाेट, बजाउने तरिका, ठाडाेभाका गीत गाउदा गीत कथ्ने सैद्धान्तिक विधि अर्थात फेद र टुप्पाका बारेमा प्रकाश पार्नु भएको हुँदै गीतको उदाहरण समेत प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रमकाे समेत अध्यक्षता ग्रहण गर्नु भएका प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लाेकसंस्कृति कर्मीहरु मन देश प्रेम, राष्ट्र भक्ति एवम् राष्ट्रियताकाे पक्षपाेषण गर्ने क्षमता हुन्छ त्यसैले उनीहरूकाे खाेज, संरक्षण र संमानकाे खाँचो छ, त्यसकाे पूर्तिका लागि प्रतिष्ठानले स्थानीय र प्रदेश सरकार तथा अन्य लाेकसंस्कृति प्रेमीहरुकाे सहयोगमा विभिन्न कार्य गरिएको बताउनु भयो । उहाँले नवप्रतीभाहरूको सम्मानका लागि ४० वर्ष कम उमेरका ठाडोभाकाका गायकगायिका तथा अभियन्ताहरू जो कम्तिमा पाँच वर्ष प्रतिष्ठानसँग सहकार्य गर्दछन्– लाई हरेक वर्ष प्रदान गर्ने गरी २२ हजार २२२ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला सहितको पुरस्कार स्थापना गरेके र त्यो पुरस्कार यसैवर्षबाट प्रतिष्ठानको स्थापना दिवसका अवसरमा आउँदो माघ २५ गते वितरण गरिने जानकारी दिनुभयो ।
साेही माविका सावित्री तथा छात्रवृत्ति पाउने राेशन कुमनलले समेत गीत प्रस्तुत गरेको कार्यक्रमकाे सञ्चालन साेही माविका प्रअ एवम् प्रतिष्ठानका आजीवन सदस्य नानुमाया पराजुलीले सञ्चालन गर्नु भएको थियोे, त्यसको फाेटाे फिचर :


प्रकाशित मिति २०८० पुष २१, शनिबार ०७:०५ गते