तुलसीनारयाण श्रेष्ठ पाँच लाख धरौटी राखेर तारेखमा रिहा

तुलसीनारयाण श्रेष्ठ पाँच लाख धरौटी राखेर तारेखमा रिहा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २६ गते बिहिबार १०:२९

यसअघि उक्त सहकारीका पक्राउ परेका टाउके सञ्चालकहरू सातदेखि ३० लाखसम्म धरौटीमा रिहा भएका छन् ।

श्रेष्ठ तत्कालीन कालिका साकोसका कोषाध्यक्ष हुन् ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालित कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)को बहुचर्चित ठगी काण्डमा मुछिएका अर्का दोषि भनिएका तुलसीनारायण श्रेष्ठ पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालनबाट माग भएको पाँच लाख रुपैयाँ धरौटी राखेर उनी तारेखमा पुस २५ गते रिहा भएका छन् ।
जिल्ला अदालतका स्रेस्तेदार भेषराज पौडेलको इजलासले उनलाई पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो । उक्त सहकारी ठगी काण्डमा मुछिएका श्रेष्ठ तत्कालीन कालिका साकोसका कोषाध्यक्ष रहेको बुझिएको छ । उनले साकोसहरूको एकीकरण पछि संस्था सञ्चालन गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेको बुझिएको छ ।
यसअघि पक्राउ परेका आठ जनामा अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, कोषाध्यक्ष मिलन शर्मा दनाई र प्रवन्धक वेदराज खनिया १२÷१२ लाख, एकीकरणको आर्थिक समितिको संयोजक महेन्द्र शर्मा १० लाख तथा सचिव कृष्ण केसी र एक सदस्य हरिबाबु थापा ७÷७ लाख तथा कालिका साकोसका तत्कालीन अध्यक्ष मृगेन्द्र घिमिरे ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
श्रेष्ठको मुद्दा पनि विदामा बस्नु भएका जिल्ला न्यायाधीश शिवप्रसाद खनाल आउनु भएपछि आदेशका लागि इजलासमा पुनः पेश हुने भएको छ ।

प्रकाशित मिति २०८० पुष २६, बिहीबार १०:२९ गते
हजुरको प्रतिक्रिया