भालुवाङ बस दुर्घटना अपडेट : घाइते २३ जना पुगे, मृतक मध्ये आठको पहिचान

भालुवाङ बस दुर्घटना अपडेट : घाइते २३ जना पुगे, मृतक मध्ये आठको पहिचान

एजेन्सी

@antaranganews

२०८० पुस २८ गते शनिवार ०७:३९

बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।

नमस्ते यातायातको बसमा ३६ जना सवार थिए ।

भालुवाङ(दाङ)– यहाँ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । तीमध्ये आठ जनाको पहिचान खु्लेको छ । घाइते संख्या २३ पुगेको प्रहरीले पुस २८ गते विहान जनाएको छ ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भयो । उहाँका अनुसार धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । गए राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका– १ स्थित राप्ती पुलबाट खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । उनीहरूका अनुसार बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ ।
मृतक १२ जना मध्ये २ भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।
बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् । उनीहरूको उमेर करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताउनु भयो । उहाँका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
४ जनाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय, भालुबाङले जानकारी दिएको छ। घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ ।
नमस्ते यातायातको बसमा ३६ जना सवार थिए । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, भालुबाङले जनाएको छ ।
मृतक मध्ये चारजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले बताउनु भयो । उहाँका अनुसार आठ जनाको सनाखत भएको छ । उहाँका अनुसार राति करिब १० बजे खसेको थियो । उहाँले भन्नुभयो, ’पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य २०–२२ जनाभन्दा बढी घाइतेहरूको उद्धार गरी अस्पताल पठाएका छौं, तीमध्ये ५– ७ जना जति बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।’
दुर्घटनामा घाइते हुनेहरूको उपचारका लागि लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ ।
उक्त बसमा कतिजना यात्रु थिए भन्ने खुल्न बाँकी छ । १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।
प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतको टोलीले उद्धारको काम जारी रहेको छ ।
राप्ती नदीको सो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने काम गरेको छ ।

प्रकाशित मिति २०८० पुष २८, शनिबार ०७:३९ गते
हजुरको प्रतिक्रिया