सूर्यपाल(लमजुङ)– यहाँ अवस्थित राम वालोदय आधारभूत विद्यालयमा निवृत्त पूर्व शिक्षक तथा प्रधानाध्यापकहरू द्वय तिर्थराज न्यौपाने र परशुराम न्यौपानेको लागि फेरि भेटौला कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम पुस २५ गते गरिएको थियो ।
लामो समयदेखि विद्यालयमा सेवारत शिक्षक तथा पुर्व प्रधानाध्यापकहरू बिच विद्यालय प्रशासन शिक्षक, विद्यालय र विद्यार्थी, विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ जनप्रतिनिधि अभिभावक र विद्यार्थी बिच आत्मीयता कायम रहिरहोस भन्ने उद्देश्यका साथ गरिएको हो । मध्यनेपाल न.पा.– ३ सुर्यपाल, लमजुङको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर बस्नेतको अध्यक्षता सो कार्यक्रम गरिको होे ।
विद्यालय का स.प्र.अ. मनमाया साखीले स्वागत मन्तव्य, विद्यालयका प्रधानाध्यापक बाबुराम साँखीद्वारा कार्यक्रमको बिषयमा प्रकाश, पूर्व शिक्षक तथा प्रअ परशुराम न्यौपानेको बिगत र बर्तमान, पुर्व शिक्षक तथा प्रअ तिर्थराज न्यौपानेको अनुभव र अनुभुतीसँगै कार्यक्रम अगाडि बढेको थियोे ।
मध्यनेपाल नगरपालिका– ३ का वडाध्यक्ष केशव न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा द्वय शिक्षकहरूलाई सम्मान गर्ने क्रममा प्र अ बाबुराम साँखीले दोसल्ला ओढाएर, विव्यस अध्यक्ष नेत्रबहादुर बस्नेतले कदरपत्र तथा वडाध्यक्ष केशव न्यौपानेले मायाको चिनो तथा विद्यार्थी छात्र दिपेश नेपाली कक्षा ८ र विद्यार्थी छात्रा अञ्जना नेपाली कक्षा– ८ ले ढाका टोपी लगाई दिएर सम्मान गर्नु भएको थियोे । सो अवसरमा सहभागी शिक्षा प्रेमी समाजसेवी, शिक्षक र अभिभावक विद्यार्थी सबैले अबिर तथा फूलमाला लगाईदिएर उहाँहरूको सम्मान गरिएको थियो ।
फेरि भेटौला कार्यक्रममा शिक्षक द्वयले विद्यालय र शैक्षिकस्तर अभिवृद्धिका लागि खेलेको महत्त्वपूर्ण भुमिका र बिषयमा आआफ्नो बिचार प्रस्तुत गर्नु भएको थियो । यसै सिलसिलामा शिक्षिका सपना नेपाली, कक्षा– ८ की छात्रा अञ्जना नेपाली, कक्षा– ८ की छात्रा कुसम खाती, कक्षा– ८ की छात्रा अस्मिता परियार, कक्षा– ६ की छात्रा रश्मी श्रेष्ठले आआफ्नो नृत्य तथा प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीको शैक्षिक अवस्थाको वर्तमान स्थिति, विद्यालयले चाल्न सक्ने आगामी कदम, विद्यालयको शैक्षिक अवस्था सुधारका निम्ति गर्नसकिने र गर्नुपर्ने पहल बारे बताउनु भएको थियो । र यस्ता कार्यक्रमहरूले विद्यालय, विद्यार्थी शिक्षक, अभिभावक बिचको सिर्जनात्मकता आत्मियतामा थप हौसला प्रदान हुने विश्वास तथा सिर्जनात्मक कार्यक्रमहरूले निरन्तता पाउने अपेक्षा विद्यालय परिवार गर्दछ ।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय प्रशासन शिक्षक स्टाफले विभिन्न कदमहरू चाल्दै आइरहेको सन्दर्भमा बिहानी कक्षा निरन्तर रुपमा सञ्चालन हुँदै आइरहेको र अन्य थप कदमहरू पनि चाल्न तयार रहेको जानकारी विद्यालयका प्रअ बाबुराम साखीले गर्नुभएको थियोे । फेरि भेटौला कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा पूर्वशिक्षक तथा प्रअ परशुराम न्याौपानेले विद्यालयमा क्रियाशील रामवालोदय बाल क्लवका अध्यक्ष कुसुम खाती र ने जु रे स रामवालोदयका अध्यक्ष दिपेश नेपालीलाई कोषमा रहने गरी एक एक रुपैया प्रदान गर्नु बा साथै विद्यालयको लागि चन्दा पाँच हजार पुररयाउने प्रतिवद्धता समेत दिनु भएको थियोे ।
समापनमा विव्यस अध्यक्ष तथा कार्यक्रमका सभापति नेत्रबहादुर बस्नेतले शैक्षिक गुणस्तर सुधारका लागि सबै आफ्नो ठाउँबाट लागि पर्नु पर्नेमा जोड दिदै कार्यक्रमलाई समापन गर्नु भएको थियो । कार्यक्रम विद्यालयका शिक्षक रामकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि चित्रबहादुर थापा, सवला दुलाल, विव्यस सदस्यहरू बाबुराम बस्नेत, अस्मिता न्यौपाने, सुमित्रा श्रेष्ठ, शिअ संघ अध्यक्ष गंगा थापा, पुर्व शिअ संघ अध्यक्ष कुलप्रसाद न्यौपाने, पूर्व विव्यस सदस्यहरू मोहनबहादुर थापा, लोकबहादुर थापा, ३ नं वडा कार्यालय सचिव सन्तोष बगाले, पूर्व शिक्षक समाजसेवी शिक्षप्रेमी विश्वनाथ अधिकारी लगायत अन्य अभिभावकहरूको उपस्थिति थियो ।
प्रकाशित मिति २०८० पुष २८, शनिबार ११:१६ गते