थानकोट– चित्लाङ दुर्घटना : मृतकको संख्या एक बालिका सहित पाँच पुग्यो

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २८ गते शनिवार ०६:४७

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३– ०१–२३ च ६९८५ दुर्घटना भएको थियो । कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घट्ना स्थलमा चार वर्षका बालक सहति चारजनाको मृत्यु भएको थियो ।

काठमाडौँ– थानकोट– चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा मृत्यु हुनेहरूको संख्या ५ पुगेको छ । चन्द्रागिरि नगरपालिका– ४, पानीघाटनजिक हिमचुली सेतोपहरामा पुस २८ गते दिउँसो भएको सवारीसाधन दुर्घटना भएको हो ।
सो कार दुर्घटनामा गम्भीर घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि दुर्घटनमा मृत्यु हुने अन्य ४ जनाको पहिचान खुलेको थियो ।
चार जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूमा काठमाडौँ महानगरपालिका– ३० का ओमकार निधि तिवारी, सोही ठाउँ बस्ने ६४ वर्षीय कल्पना तिवारी, कार चालक काठमाडौँ महानगरपालिका– २ लाजिम्पाटका डा.महेशकुमार गौतम, सोही ठाउँ बस्ने ४ वर्षीय प्रियान्स गौतम रहेका छन् ।
प्रहरीका अनुसार सोही गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल छिन् ।
काठमाडौँको चन्दागिरी नगरपालिका– ४ पानीघाटभन्दा माथि सेतो पहरा भन्ने स्थानमा काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३– ०१–२३ च ६९८५ दुर्घटना भएको थियो । कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतक ४ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन् ।
गाडी अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार दिउँसो १ः५५ बजेको समयमा भएको दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति २०८० पुष २८, शनिबार १८:४७ गते
हजुरको प्रतिक्रिया