अर्बुदको जिल्ला शाखा पुनर्गठन

अर्बुदको जिल्ला शाखा पुनर्गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ ४ गते बिहिबार ०७:५५

यसअघि कोभिडको प्रकोप र केन्द्रको समेतको निस्कृयताले सिथिल भएको संस्थाले अब भने केन्द्र र प्रदेश सक्रिय हुने भएसँगै शाखाले गति लिने भएको हो ।

माघ २१ गते विश्व अर्बुद रोग दिवस मनाउने, फागुनको दोस्रो सातामा २ दिने क्यान्सरको शिविर गर्ने भएको छ ।

बेसीशहर– लमजुङमा अर्बुद रोग निवारण संस्थाको पुनर्गठन गरिएको छ । शाखामा आवद्ध सदस्यहरूको भेलाले संस्थापक जिल्ला अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीको अध्यक्षतामा समिति माघ ३ गते शाखा समिति पुनर्गठन गरेको हो ।
एघार सदस्यीय समितिको अध्यक्षमा पहाडी चयन हुनुभएको छ भने उपाध्यक्ष द्वयमा नवराज बराल(बेसीशहर नगरपाकिला– ३), शोभा ठकुरी (सुन्दरबजार नगरपालिका– ६), सचिवमा राजकुमार भण्डारी(बेसीशहर नगरपाकिला– ३), कोषाध्यक्षमा होमबहादुर राउत (बेसीशहर नगरपाकिला– ६) चयन हुनुभएको छ । यसैगरी, सदस्यहरूमा ध्रवप्रसाद ढकाल(बेसीशहर नगरपाकिला– ८), अहलदिन मिया(बेसीशहर नगरपाकिला– ८), श्रीभक्त न्यौपाने (बेसीशहर नगरपाकिला– ९), मीनबहादुर गुरुङ(दोर्दी– ६), भरतबाबु घिमिरे (बेसीशहर नगरपाकिला– ८) र शिवकुमारी अधिकारी (बेसीशहर नगरपालिका– ७) चयन हुनुभएको छ ।
सो भेलाले यही माघ २१ गते विश्व अर्बुद रोग दिवस मनाउने, फागुनको दोस्रो सातामा २ दिने क्यान्सरको (स्यानिङ) शिविर सञ्चालन गर्ने लगायतका निर्णय गरेको नवनिर्वाचित सचिव भण्डारीले बताउनु भयो । उहाँका अनुसार शाखामा २७ जना आजीवन सदस्य रहेका छन् । उहाँले भन्नुभयो, ‘संस्थाले विभिन्न स्थानीय तहसँग मिलेर क्यान्सरका बारेमा स्थानीय तह तथा विद्यालयहरूमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।’
स्मरणीय छ, अर्बुदको नेपाल भर ४६ जिल्ला शाखा रहेका छन् । लमजुङ ४५ औं शाखा हो ।

प्रकाशित मिति २०८० माघ ४, बिहीबार ०७:५५ गते
हजुरको प्रतिक्रिया