पोखरा– गण्डकीको रैथाने भाकाका रुपमा रहेको ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षण यहाँ सुरु भएको छ । तमु समाज नेपालको नयाँ बजार स्थित भवनको रोघिं हलमा सो प्रतियोगिता माघ ५गते सुरु भएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला सिंखडाले सो प्रशिक्षणको उदघाटन गर्नु भएको ृहो । उहाँले ठाडोभाका जस्ता रैथानेका भाकाहरूको संरक्षण एवम् प्रवद्र्धन कार्यक्रमका लागि सहयोग गर्नु राज्यको कर्तव्य हो भन्नुभयो । उहाँले यस्ता भाकाको संरक्षण र प्रवद्र्धनका लागि संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपाति, समावेसिताको उपलब्धी हो भन्नुभयो । उहाँले संस्कृति रीतिरिवाज बचाउन जागरण ल्याउन आवश्यक रहेको औंल्याउँदै यो अवसर संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको हो भन्ने दोहोर्याउनु भयो ।।
गीत संगीतले मानिसलाई नताव मुक्त गर्न मद्दत गर्ने भएको हुँदा पनि यसको महत्व रहेको उल्लेख गर्दै मन्त्री सिंखडाले प्रशिक्षणका सहभागिहरू प्रोत्सहित गर्नु भएको थियो ।
आयोजक ठाडोभाका लोककला प्रतिष्ठानको सल्लाहकार समेत रहनु भएकी संगीत तथा नाट्य प्रतिष्ठान नेपालका संस्थपक प्राज्ञ, वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले पछिल्ला वर्षमा ठाडोभाकाले राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रियस्तरमा समेत पहिचान दिन सफल रहेको उल्लेख गर्दै यसको आफ्नै शैली छ, त्यसलाई जीवन्त राख्नका लागि प्रतिष्ठानकोतर्फबाट प्रयास भइरहेको छ भन्नुभयो ।
सो अवसरमा गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपती सूर्यबहादुर बिखर्चीले ठाडोभाकाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण आयोजना भएको थाहा पाउँदा गर्वका अनुभव भएको बताउनु भयो ।
आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले संस्थागत चिनारी दिदै ठाडोभाका शिरोमणि भेडीखर्के साइलाको निधनसँगै यो भाका मर्छ भन्ने धेरैले ठानेका थिए तर प्रतिष्ठानको सतप्रयासले अब यो भाका मर्दैन भन्ने सनिश्चित भएको छ भन्नुभयो ।
उहाँले गण्डकी प्रदेशका सामाजिक सिकास मन्त्री सिंखडालाई प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘घम्पु’लाई प्रतिष्ठानकोतर्फबाट दिइएको ‘ठाडोभाका महानायक’को उपाधि राज्यकातर्फबाट समेत दिइनु पर्ने माग पत्र प्रतिष्ठानको तर्फबाट हस्तान्तरण गर्नु भयो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आयोजना तथा रोधिं टेलिभिजन पोखराको सहकार्यमा उक्त प्रशिक्षणको आयोजना गरिएको हो ।
उक्त प्रशिक्षणमा लमजुङका अतिरिक्त तनहूँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी लगायतका जिल्लाका ३२ जनाले भाग लिएको प्रशिक्षणको सहकार्य गरिरहेको रोधिं टेलिभिजनका व्यवस्थपक भोज गुरुङले जानकारी दिनुभयो ।
आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको प्रशिक्षणको उदघाटन सत्रमा रोधिं टेलिभिजनका सञ्चालक लोकगायिका बालकाशी गुरुङले स्वागत गर्दै कार्यक्रमको औचित्यमा प्रकाश पार्नु भएक थियो भने सोही टेलिभिजनका कार्यक्रम प्रस्तोता टस गुरुङले सञ्चालन गर्नु भएको थियो ।
सो तीन दिने प्रशिक्षणको माघ ७ गते समापन हुने कार्यक्रम रहेको आयोजक संस्थाका कार्यकारी सदस्य मीना गुरुङले बताउनु भयो । उक्त कार्यक्रमको फोटो फिचर ः








प्रकाशित मिति २०८० माघ ५, शुक्रबार २०:०२ गते