कवि पोखरेललाई ठाडोभाका– टीकाकुमारी सम्मान समर्पण गरिने

कवि पोखरेललाई ठाडोभाका– टीकाकुमारी सम्मान समर्पण गरिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ ६ गते शनिवार ०५:१६

१० हजार पाँच रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला पुरस्कार राशि रहेको सो पुरस्कारबाट यसअघि चारजना व्यक्तित्व सम्मानित भइसक्नु भएको छ ।

प्रतिष्ठानले आफ्ुनो आठौं स्थापना दिवसका अवसरमा माघ २५ गते बेसीशहरमा हुने उदघाटनको विशेष समारोहमा उक्त सम्मान समर्पण गर्ने छ ।

लमजुङ– कवि जगदीश्वर पोखरेललाई यस वर्षको ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मान– २०८० समर्पण गरिने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले सो पुरस्कार वितरण गर्र्दै आएको छ ।
प्रतिष्ठानले विगतका चार वर्षदेखि वितरण गर्दै आएको सो पुरस्कारको राशि १० हजार पाँच रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । प्रतिष्ठानले सो पुरस्कार आफ्नो स्थपान दिवसका अवसरमा वितरण गर्दै आएको छ । यो वर्ष प्रतिष्ठानको आठौं स्थापना दिवस– २०८० का अवसरमा बेसीशहरमा हुने उदघाटन कार्यक्रममा यही माघ २५ गते हस्तान्तरण गरिने प्रतिष्ठानका अध्यक्ष नवराव पहाडीले बताउनु भयो । उहाँका अनुसार राष्ट्रियस्तरमा लोककला संस्कृति, गीत, संगीत तथा लोक साहित्यमा विशेष योगदान गर्ने व्यक्तित्वलाई उक्त सम्मान समर्पण गर्ने प्रतिष्ठानको नीति रहेको छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानका संरक्षक तथा उपलब्ध सल्लाहकारहरूसँगको बैठकले सो निर्णय गरेको हो ।
जगदीश पोखरेल संक्षिप्तमा ः
कवि पोखरेल आमा नानीमाया पोखरेल र बुबा स्व. दीनानाथ पोखरेलका सुपुत्रका रुपमा २०१० माघ ५ गते, सुन्दरबजार नगरपालिका– ७ पाउँदीबजार, लमजुङमा जन्म भएको हो ।
शास्त्रीय छन्द साधकका रुपमा परिचय बनाउन सफल हुनु भएका कवि पोखरेलका १८ कतिा संग्रहका कृतिहरू प्रकाशित छन् । तीमध्ये तीन कृति लोक साहित्यमा आधारित रहेका छन् । ती कृतिका साथ अन्य १५ कृतिको एकसाथ गत मंसिरमा विमेचन गरिएको हो । यसअघि उहाँका तीन कृति २०६९ सालमा एकसाथ विमोचन गरिएका थिए । उहाँ अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्की काठमाडौको उपाध्यक्ष, कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको अध्यक्ष, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठाको आजीवन सदस्य तथा दिव्यश्वरीनागरिक समाज, लोकन्थली, भक्तपुरको सल्लाहकार हुनुुहुन्छ । उहाँको रुचि पत्रपत्रिका तथा कविता पढ्ने र लेख्ने रहेको छ भने सामाजिक सेवामा पनि कवि पोखरेलको उत्तिकै रुचि रहेको छ ।
यसअघि कवि पोखरेल सूचक सम्मान– २०७३ काठमाढौं, फ्यूचरस्टार आ.मा.वि. लमजुङको रजत जयन्ती कविता प्रतियोगितामा द्वितीय पुरस्कार। गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको प्रथम देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कार बाट सम्मानित हुनुहुन्छ ।
भारतको दिल्ली, गुजरात, कलकत्ता, चेन्नाई, बैङ्लोर, सिलीगुढी, दार्जेलिङ, काशी, वृन्दावन, हरि–द्वार, देहरादुन, गुप्तकाशी, उत्तरकाशी आदि, चीनको गोन्जाउ, युनाइटेड अरब इमिरेटको दुबई, कतारको दोहा, अमेरिकाको न्यूयोर्क, क्यालिफोर्नियाको भ्रमण अनुभव सँगाल्नु भएको छ ।

ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मानको स्थापना ः
ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मानबाट यसअघि ठाडोभाका गायिका एवम् सम्राज्ञी नन्दमाया दुरा– २०७६, ईन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल– २०७७, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ– २०७८, दोहोरीका बादशाह राजु परियार– २०७९ सम्मानित भइसकेको छन् ।
उक्त पुरस्कार प्रतिष्ठानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी स्व. नरेन्द्रराज ढुंगाना, सुन्दरबजार, लमजुङले आफ्नी ममतामयी आमाको स्मृतिमा स्थापना गर्नु भएको हो । पुरस्कारको स्थायित्वका लागि ढुंगानाले एक लाख एक हजार पाँच सय पाँच रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको छ । सोही कोषको व्याज रकमबाट उक्त पुरस्कार वितरण गर्ने गरिएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८० माघ ६, शनिबार १७:१६ गते
हजुरको प्रतिक्रिया