बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालबाट शुभारम्भ भएको आयोजक राष्ट्रिय हिन्दू समाजका जिल्ला अध्यक्ष जितेन्द्रकुमार गुप्ताले बताउनु भयो ।
सो अवसरमा एक्काइस हजार ५१ दीप प्रज्ज्वलन गरिएको थियो ।
बेसीशहर– रामका नाममा यहाँ स्थित भीमसेन स्थान चोकमा दीप प्रज्वलन गरिएको छ । भगवान श्रीरामको जन्मभूमि अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठानका अवसरमा ती दीपको माघ ८ गते साँझ प्रज्ज्वलन गरिएको हो ।
राष्ट्रिय हिन्दू समाजको आयोजनामा गरिएको सो दीप प्रज्ज्वलन कार्यको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालबाट शुभारम्भ भएको आयोजक समाजका जिल्ला अध्यक्ष जितेन्द्रकुमार गुप्ताले बताउनु भयो । उहाँका अनुसार उक्त अवसरमा रामजानकी मन्दिर र भीमसेन स्थान मन्दिर र आसपासको क्षेत्रमा विशेष सजावट गरिएको थियो । उक्त अवसरको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..