ऐतिहासिक बन्यो : ठाडोभाकाको तीनदिने प्रशिक्षण : फोटो फिचर 

ऐतिहासिक बन्यो : ठाडोभाकाको तीनदिने प्रशिक्षण  : फोटो फिचर 

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ ८ गते सोमबार १०:३५

रोधिं टेलिभिजनका परिकल्पनाकार भोज गुरूङले ठाडोभाकाको प्रशिक्षणमा सहकार्य गर्न पाएकोमा टेलिभिजनको उद्देश्यमा थप टेवा पुगेको उल्लेख गर्नु भयो । मुलुकभर करिब २०० टेलिभिजन रहेकोमा आफ्नो टेलिभिजनको उद्देश्य अन्यको भन्दा भिन्न रैथाने लोकसंस्कुतिको खोज संरक्षण र प्रवद्र्धन गर्नु रहेको बताउनु भयो ।

समापन कार्यक्रममा सहभागी बिच प्रयोगात्मक अभ्यासको घम्साधम्सी

पोखरा– ठाडोभाकाको तीनदिने प्रशिक्षण ऐतिहासिक रूपमा समापन भएको छ । ठाडोभाका लोककाला प्रतिष्ठान नेपाल लमजुङ र रोधिं टेलिभिजन पोखराको सहकार्यमा रैथाने लोक संस्कृतिको नयाँ पाना थप्दै ऐतिहासिक रूपमा पुस आठ गते साँझ सम्पन्न भएको हो । तमु धि नेपालका केन्द्रिय अध्यक्ष होम बहादुर गुरूङ को प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणका सहभागीहरूलाई प्रमाण पत्र वितरण गदै उहाँले आफुहरूले रोधिंहलको निर्माण ठाडोभाका जस्तै रैथाने लोक संस्कृतिको प्रर्वद्धनका लागि गरिएको हो भन्नुभयो । उहाँले यस्ता कार्यमा आउदाँ दिनमा पनि सहयोग गर्न समिति तयार छ भन्नुभयो ।
रोधिं टेलिभिजनका परिकल्पनाकार भोज गुरूङले ठाडोभाकाको प्रशिक्षणमा सहकार्य गर्न पाएकोमा टेलिभिजनको उद्देश्यमा थप टेवा पुगेको उल्लेख गर्नु भयो । मुलुकभर करिब २०० टेलिभिजन रहेकोमा आफ्नो टेलिभिजनको उद्देश्य अन्यको भन्दा भिन्न रैथाने लोकसंस्कुतिको खोज संरक्षण र प्रवद्र्धन गर्नु रहेको बताउनु भयो ।
आयोजक प्रतिष्ठानका अध्यक्ष एवं समापन कार्यक्रमका अध्यक्ष नवराज पहाडीले पर्यटन नगरी पोखरामा ठाडोभाकाको प्रशिक्षण ऐतिहासिक रूपमा सम्पन्न गर्न अवसर पाएकोमा यस पुनित कार्यमा सहकार्य गर्ने रोधिं टेलिभिजन सहित सहयोगी संस्था एवं व्यक्तित्वहरू र सहभागीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । रोधिं टेलिभिजनका प्रस्तोता टस तमुले सञ्चालन गर्नु भएको समापन कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० माघ ८, सोमबार २२:३५ गते
हजुरको प्रतिक्रिया