वंश उत्थानका लागि अक्षयकोषको बृद्धि गर्ने कश्यप गोत्रीय अधिकारी प्रतिष्ठानको निर्णय

वंश उत्थानका लागि अक्षयकोषको बृद्धि गर्ने कश्यप गोत्रीय अधिकारी प्रतिष्ठानको निर्णय

नवराज पहाडी

@antaranganews

२०८० माघ १३ गते शनिवार ०७:५९

धेरैभन्दा धेरै बन्धुहरूलाई प्रतिष्ठानको यो अभियानमा के कसरी जोड्न सकिन्छ र प्रतिष्ठानप्रति अपनत्वको भाव के के गर्दा विकास गर्न सकिन्छ ? विज्ञवन्धुहरूसँग सुझाव समेत संकलन गर्ने र शाखाको आर्थिक क्षमता अनुसार ती कार्यक्रमलाई समेटदै जाने नीति तय गरिएको छ केन्द्रीय सदस्य पहाडीले बताउनुभयो ।

बैठकमा जिल्ला भेलामा विगतका कार्यक्रमलाई निरन्तरता दिदै यो वर्ष अक्षयकोषमा सहयोग गर्ने दाता बन्धुबान्धवका साथ माविमा प्रअ रहनु भएका वन्धुहरूलाई सम्मान गर्ने निर्णय भएको छ ।

लमजुङ– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको जिल्ला समितिको बैठकले वंश उत्थानका लागि अक्षयकोषको बृद्धि गर्ने निर्णय गरेको छ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको जिल्ला समितिको बैठकले माघ १३ गते त्यस्तो निर्णय गरेको हो ।
यसैगरी, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको जिल्लास्तरीय नवौं भेला तथा वनभोज कार्यक्रम आउँदो चैत ३ गते आयोजना गर्ने निर्णय गरेको छ । वनभोज सहितको जिल्ला भेलामा विगत वर्षमा गरिने सबै कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै आफ्नो कुल वंशबाट कुनै पनि कार्यालय÷क्याम्पस÷माविको प्रधानाध्यापक भएका व्यक्तित्वहरूलाई सम्मान गर्ने र सबै बन्धुहरूलाई अक्षयकोष बृद्धिका लागि आग्रह गर्ने निर्णय गरेको जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भएको छ ।
उक्त अवसरमा केन्द्रीय समिति झापाबाट प्रकाशित दोस्रो वंशावलीको दस्तावेजको ठेली अग्रिम भुक्तानी गर्ने बन्धुहरू तथा उपशाखा समितिलाई हस्तान्तरण गरिएको थियो ।
यसअघि स्थापना भएको अक्षयकोषको व्याज रकमबाट जिल्लामा सबैभन्दा विपन्न परिवार पहिचान गरी तीन परिवारका १÷१ जना बाबु÷नानीलाई प्लस टुसम्म अध्यापन गराउने कार्य गतवर्षबाट थालिएको जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार त्यस्ता अन्य परिवार पनि सम्पर्कमा आएको र अन्य कार्यक्रम सञ्चालन गर्नका लागि पनि बजेटकै खाँचो पर्ने हुँदा सक्षम वन्धुहरूलाई आह्वान गर्ने र अक्षयकोष बृद्धि गर्ने कार्यमा अर्जुनदृष्टि दिने निर्णय गरिएको छ । उहाँले भन्नुभयो, ‘त्यसरी अक्षयकोषमा कम्तिमा १० हजार रुपैयाँ र सो भन्दा माथिको रकम प्रदान गर्नु हुने बन्धुबान्धवहरूलाई सहयोग राशि अनुसार जिल्ला भेलामा सम्मानको कार्यक्रम समेत गर्दै आएको छौं रत्यो काम यो पनि गर्छौं ।’
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको जिल्ला समितिले जिल्ला भेलामा ८४ वर्ष पुरा गर्नु भएका बा– आमालाई सम्मान, कुल वंशबाट पिएचडी उपाधि हासिल गर्ने छोरा– बुहारी तथा छोरीहरूलाई सम्मान, एसईई परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने वंशका १÷१ जना छोराछोरीलाई सम्मान, वंशबाट वडाध्यक्ष भन्दा माथिका विभिन्न पदमा विजयी बन्धुबान्धवलाई सम्मान, कार्यालय प्रमुखहरूलाई सम्मान गर्ने गरिआएकोमा यो वर्ष मावि तहका प्राधानाध्यपकहरूलाई पनि सम्मान गर्ने बैठकले निर्णय गरेको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार वंशावलीको अध्यावधि गर्ने प्रकाशन गर्ने(दोस्रो संस्करण)को कार्य पुरा भएको छ, यो अन्त्यन्तै झञ्जटिलो र जटिल कार्य हो, हाम्रो जिल्ला सचिवकै परिवार हाल प्रकाशित वंशावलीको ठेलीमा छुट्नु भएछ । उहाँले भन्नुभयो, ‘त्रुटी नै गर्ने नियत त होइन÷छैन तर काम गर्दा यस्तो हुनेरहेछ ।
वंशावलीमा छुटेका वन्धुहरूलाई अध्यावधिक गर्ने कार्यका अतिरिक्त धेरैभन्दा धेरै बन्धुहरूलाई प्रतिष्ठानको यो अभियानमा के कसरी जोड्न सकिन्छ र प्रतिष्ठानप्रति अपनत्वको भाव के के गर्दा विकास गर्न सकिन्छ ? विज्ञवन्धुहरूसँग सुझाव समेत संकलन गर्ने र शाखाको आर्थिक क्षमता अनुसार ती कार्यक्रमलाई समेटदै जाने नीति तय गरिएको छ केन्द्रीय सदस्य पहाडीले बताउनुभयो ।

सो वैठक प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकासको अध्यक्षतामा बसेको थियो भने सचिव गोविन्दप्रसादले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० माघ १३, शनिबार १९:५९ गते
हजुरको प्रतिक्रिया