मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङद्वारा पालिकाको प्रशासनिक भवन शिलान्यास

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङद्वारा पालिकाको प्रशासनिक भवन शिलान्यास

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ १६ गते मङ्गलबार ०७:४२

जसमा न्यायिक समितिका लागि समेत छुट्टै कोठा हुने भने उक्त भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाबाट दिइने सेवाका लागि सञ्चालित सबै शाखाहरूको सोही भवनबाट सेवा प्रवाह हुनेछ ।

सो भवन पाँच करोड ९७ लाख ६६ हजार ७०३ रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेछ ।

भुलभुले(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङद्वारा पालिकाको प्रशासनिक भवनको माघ १५ गते शिलान्यास गर्नु भएसँगै त्यस्तो स्थिति सुनिश्चित भएको हो ।
उक्त भवनको शिलान्यास पछि गाउँपालिकाका अध्यक्ष गुरुङले निर्धारित समयमा भवनको निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई अनुरोध गर्दै गाउँपालिकाबाट हुने सहयोगमा कुनै कमी नहुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
स्थानीय तहको प्रशासकीय भवन पुर्वाधार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ बमोजिम ६०– ४० को अनुपातमा अनुदान उपलब्ध गराउन सक्ने प्रबाधान अनुसार उक्त भवन निर्माण हुने भएको हो । उक्त भवन निर्माणका लागि लागत स्टमेट भएभन्दा करिब तीन करोड न्यून रकममा सो भवन निर्माणको ठेक्का भएको जानकारीमा आएकोछ ।
भवन बेस मेन्ट पार्किङ बाहेक तीन तल्लाका साथ २५ कोठा हुनेछन् । जसमा न्यायिक समितिका लागि समेत छुट्टै कोठा हुने भने उक्त भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाबाट दिइने सेवाका लागि सञ्चालित सबै शाखाहरूको सोही भवनबाट सेवा प्रवाह हुनेछ ।
सो भवनका लागि भ्–द्यष्ममष्लन मार्फत स्टिमेट गरिएको थियो । भवन निर्माणका लागि क्जबष्भिलमचब– व्बथबवथयतष्– द्यगममजबलबतज व्ख्–द्यष्मगच सँग पाँच करोड ९७ लाख ६६ हजार ७०३ रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । भवनमा निर्माण सम्झौता भएको गाउँपालिकाका इञ्जिनियर सुरेश गौतमले बताउनु भयो । उहाँका अनुसार उक्त भवनको निर्माण कार्य अबको दुई वर्ष अर्थात २०८२ को जेठ २३ गते सम्पन्न गर्नु समय तोकिएको छ ।
भवन शिलान्यासको उक्त अवसरमा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, निवर्तमान उपाध्यक्ष होम विक, प्रमुख प्रशासकीय अधिकृत गौताम पंज्ञानी, प्रशासकीय अधिकृत अर्जुन चपाई सहितको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङले जानकारी दिनुभयो ।

लमजुङका आठ पालिकामध्ये सुन्दरबजार नगरपालिका र क्ब्होलासोंथार गाउँपालिका आफ्नो नयाँ भवनमा सरेर सेवा प्रवाह थालिसकेका छन् भने । राइनास नगरपालिका आफ्नो भवनमा सर्ने तयारीमा छ । मध्य नेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका भवन निर्माणको अन्तिम चरणमा छन् भने दोर्दी गाउँपालिकाको भवन निर्माण कार्यले पनि गति लिइरहेको छ ।

प्रकाशित मिति २०८० माघ १६, मंगलवार ०७:४२ गते
हजुरको प्रतिक्रिया