सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ नेतृत्वको लागि भएको मतदान कार्य सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिका– ७ तार्कुटारमा रहेको सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ नेतृत्वको लागि माघ १६ गते निर्वाचन भएको हो ।
स्थानीय चुनावको झझल्को दिने गरि भएको निर्वाचनमा तीन दलले प्यानल नै खडा गरि चुनावमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा कुल १३४९ मतदातामा ९८३ मत खसेको निर्वाचन समितिका सह सयोजक दिलबाहादुर तामाङले बताउनु भयो । निर्वाचनमा ७२.८६ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजे शुरु भएको निर्वाचन दिउँसो ४ बजे शान्तिपूर्ण तवरबाट सम्पन्न भएको प्रहरी वरिष्ठ नायव निरीक्षक हरिनारायण श्रेष्ठले जानकारी दिनु भयो । शान्तिपूर्ण सप्पन्न सम्पन्न भएको निर्वाचन सर्बपक्षीय बैठक पश्चात मतगणना आज नै हुने निवर्तमान अध्यक्ष ततबाहादुर गुरुङले बताउनु भएको छ ।
सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र रा.प्र.का.ले आ– आफ्नो पार्टीगत प्यानलकै उम्मेदवारी दिएका छन् ।
‘राम्रोलाई छान्ने’ नारा र अभियानमा रहेको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पाटीका आधाभन्दा बढी मतदाताले मत खसाल्न नगएको बताइन्छ । मतदानमा गएकाहरूले समेत आफू खुशी मतदानमा भाग लिएकोे बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक भए पनि त्यस्तो भूमिका उसले खेल्न नचाहेको बुझिएको छ ।
माओवादी केन्द्रले एक्लै चुनाव लड्ने मिह्मत नगरेको स्थानमा राप्रपाले आँट गर्नुलाई सकारात्मक रुपमा लिइएको छ ।
प्रकाशित मिति २०८० माघ १६, मंगलवार १७:४४ गते