सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको निर्वाचनमा १४० मत अन्तरले अध्यक्षमा काँग्रेसका उत्तम गुरुङ विजयी

सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको निर्वाचनमा १४० मत अन्तरले अध्यक्षमा काँग्रेसका उत्तम गुरुङ विजयी

नवराज पहाडी

@antaranganews

२०८० माघ १७ गते बुधबार ०७:५३

माओवादी केन्द्रले एक्लै चुनाव लड्ने मिह्मत नगरेको स्थानमा राप्रपाले आँट गर्नुलाई सकारात्मक रुपमा लिइएको छ । ‘राम्रोलाई छान्ने’ नारा र अभियानमा रहेको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भेन सो निर्वाचनमा रुचि नदेखाएको बुझिएको छ ।

उत्तम गुरुङले तेस्रो कार्यकालको नेतृत्व लिदै

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको निर्वाचनमा १४० मत अन्तरले काँग्रेसका अध्यक्ष उत्तम गुरुङ विजयी हुनु भएको छ । सुन्दरबजार नगरपालिका– ७ तार्कुटारमा रहेको सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ नेतृत्वको लागि माघ १६ गते निर्वाचनमा नेपाली काँग्रेसको पुरै टिम विजयी भएको हो । अध्यक्ष उत्तम गुरुङको यो तेस्रो कार्यकाल हो ।
सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र रा.प्र.पा.ले आ– आफ्नो पार्टीगत प्यानल गत उम्मेदवारी दिएर स्थानीय चुनावको झझल्को दिने गरि भएको निर्वाचनमा तीन दलले प्यानल नै खडा गरि चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
घोषित निर्वाचन परिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्ष उत्तम गुरुङले ५२५ मत पाउनु भएको छ भने प्रगतिशील प्यानलका अध्यक्ष भोजबहादुर गुरुङले ३९५ मत पाउनु भएको छ । उन्नतिशील नाम दिइएको राप्रपा प्यानलका कृष्णबहादुर दुराले २३ मत मात्र पाउनु भएको छ ।
विजयी हुनुहुने उत्तम प्यानलका उपाध्यक्ष सुवे. रणबहादुर घले ४६८ मत, सचिव नेत्रबहादुर गुरुङले ५१५ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष तुलाराम गुरुङले ४७३, सहसचिवमा सुकमाया गुरुङले ५७२ मत पाई विजयी हुनु भएको छ ।
त्यस्तै, सदस्यहरूमा सोही प्यानलबाट सुवे. चन्द्रबहादुर दुरा ४७६ मत, रामकृष्ण कुमाल ४४६ मत, कृष्णप्रसाद पाण्डे ४६२, निर्मला नेपाली ४५० मत र शारदा भण्डारी ४५२ ले लेखा समितिको संयोजक सुरेन्द्रप्रसाद पौडेलले ४५३ मत पाउनु भएको छ ।
यसैगरी, प्रगतिशील प्यानलका उपाध्यक्षका प्रत्यासी रामजी भट्टराई ४१७, सचिवमा शिवजी पोखरेल(पूर्वअध्यक्ष)ले ३६९, कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठ ३९९ मत र सहसचिवमा बसन्ती दुराले ४०१ मत पाउनु भएको छ ।
प्रगतिशील प्यानलका सदस्यहरू सूर्यकान्त अधिकारी ३९८, गणेश सापकोटा(कुमार) ३९३, चिमकाजी श्रेष्ठ ३१२, निता गुरुङ ४२३ मत पाउनु भएको छ भने कल्पना सापकोटाले ४११ मत र लेखा समिति संयोजकका प्रत्यासी खेम गुरुङले ३७७ मत पाउनु भएको छ ।
अर्को देशमा राजा फर्काउने पसना देखेको उन्नतिशील प्यानलको मत भने अत्यन्तै न्यून आएको छ ।
उन्नतीशील पक्षका उम्मेदवारहरूका अध्यक्ष रि. सुवेदार कृष्णबहादुर दुराले २३, उपाध्यक्ष बोजबहादुर थापा ३२, सचिव युरीषा भट्टराई पौडेलले २९ मत, कोषाध्यक्ष तोला दुरा ३५, सहसचिव रजनी पण्डीतले ३२ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । सो प्यानलाका सदस्यका प्रत्यासीहरू धनकला गुरुङ ३२, शंकरराज पोखेल ३४, पम्फादेवी बि.क. २१, धनकला गुरुङ ३२, रामबहादुर नेपाली २९ मत र टिकाराम कामीले २८ मत पाउनु भएको जानकारीमा आएको छ ।
कुल १३४९ मतदातामा ९८३ मत खसेको निर्वाचन समितिका सहसयोजक दिलबहादुर तामाङले बताउनु भएको थियो । उहाँका अनुसार निर्वाचनमा ७२.८६ प्रतिशत मत खसेको हो ।
माओवादी केन्द्रले एक्लै चुनाव लड्ने हिक्मत नगरेको स्थानमा राप्रपाले आँट गर्नुलाई सकारात्मक रुपमा लिइएको छ ।
‘राम्रोलाई छान्ने’ नारा र अभियानमा रहेको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भेन सो निर्वाचनमा रुचि नदेखाएको बुझिएको छ ।

प्रकाशित मिति २०८० माघ १७, बुधबार ०७:५३ गते
हजुरको प्रतिक्रिया