जापानमा अस्ताए लमजुङका एक २२ वार्षीय युवक

जापानमा अस्ताए लमजुङका एक २२ वार्षीय युवक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ १८ गते बिहिबार ०५:४९

हृदयघातबाट मृत्यु भएको भन्ने खबर गरिए पनि उनको मृत्युको खास कारण एकीन जानकारी नभएको पारिवारिक स्रोतले बताएको छ । उनी शैक्षिक भिसामा गत बर्षको माघमा जापान गएका थिए ।

हृदयघातका कारण मृत्यु भएको खबर

बेसीशहर– लमजुङका एक २२ वार्षीय युवा जापानमा अस्ताएका छन् । उनको हृदयघातका कारणबाट माघ १६ गते विहान सुतेकै अवस्थामा मृत्यु भएको खबर प्राप्त भएको छ ।
२२ वार्षीय युवराज तामाङको त्यसरी मृत्यु भएको हो । उनी दोर्दी गाउँपालिका– ६ को छोटेखोला घर भइ हाल जिल्ला सदरमुकाम बेसीशहर बस्दै आएका थिए ।
हृदयघातबाट मृत्यु भएको भन्ने खबर गरिए पनि उनको मृत्युको खास कारण एकीन जानकारी नभएको पारिवारिक स्रोतले बताएको छ । गतवर्ष माघमा मात्रै विद्यार्थी भिसामा जापान गएका उहाँको नेपाली समय अनुसार सो दिन बिहान ३ बजेतिर मृत्यु भएको भनिएको पारिवारिक स्रोतको भनाइ छ ।
दोर्दी गाउँपालिका– ६ का वडा सदस्य एवम् मृतकका मामा नाता पर्ने भीमबहादुर तामाङले यस घट्नाका बारेमा सबैतिर जानकारी लिने र छलफल भइरहेको समेत बताउनुभयो । उहाँका अनुसार मतृकको शव नेपाल ल्याउन पहल भइरहेको छ ।
मृतक तामाङका बाबा– आमाका साथ एक एक जना दिदी र दाइ हुनुहुन्छ ।

प्रकाशित मिति २०८० माघ १८, बिहीबार ०५:४९ गते
हजुरको प्रतिक्रिया