सो मेसिनको हालको बजार मू्ल्य चार लाख रुपैयाँ रहेको जानकारी दिदै नेपाल बैंक लि.को सुन्दरबजार शाखाका प्रवन्धक रिमबहादुर थापाले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत यो सहयोग गरेको बताउनु भयो ।
मेयर कोइरालाले नगरपालिकाले अस्पताललाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताउनु भयो ।
सुन्दरबजार(लमजुङ)– नेपालकै पहिलो नेपाल बैंक लि.को सुन्दरबजार शाखाले सुन्दरबजार नगरपालिका– ७ को तार्कुटार स्थित सुन्दरबजार अस्पताललाई बहुउपयोगी मेसिन HBA1C हस्तान्तरण गरेको छ । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम माघ १८ गते भएको हो ।
मेयर कोइरालामार्फत नेपाल बैंक लि.को सुन्दरबजार शाखाका प्रवन्धक रिमबहादुर केसीले अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सो अस्पतालका प्रमुख डा. होमबहादुर गुरुङलगायतलाई हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा सोही वडाका अध्यक्ष जयराम रेग्मी, अस्पतालका जग्गादाताहरू सरोकारवालाहरूका साथै पत्रकारहरूको सहभागिता थियो ।
उक्त मेसिन हस्तान्तरण पछि मेयर कोइरालाले नगरपालिकाले आफ्नो क्षमता अनुसार अस्पताललाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले सीमित साधान स्रोतमा काम गर्नु परेको बताउँदै स्थानीय तहका लागि प्राप्त अधिकार अनुसार काम गर्ने हो भने नगरपालिकाको वार्षिक बजेटले एक वडाको अवश्यकता पनि पूर्ति गर्न सक्दैनौं तर हामीले ११ वटा वडा सञ्चालन गरिरहेका छौै भन्ने उल्लेख गर्नु भयो ।
सो मसिन HBA1C को हालको बजार मू्ल्य चार लाख रुपैयाँ रहेको जानकारी दिदै नेपाल बैंक लि.को सुन्दरबजार शाखाका प्रवन्धक रिमबहादुर थापाले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत यो सहयोग गरेको बताउनु भयो । उहाँले मुनाफाको केही प्रतिशत सामाजिक सेवामा खर्चिनु पर्ने सरकारी नीति अनुसार यो कार्य गरिएको जानकारी दिनुभयो । हस्तान्तरण गरिएको वायो केमेस्टि एनलाइजर नाम मेसिनले रगतका माध्यमले सुगरका साथै कलेजो, मृगौला, क्याल्सियमको मात्रा आदि जाँच गर्न सकिने सो अस्पतालका प्रमुख डा. होमबहादुर गुरुङले बताउनु भयो ।
सो अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले आफूले पद बहाल गर्नासाथ अस्पतालको आवश्यकतालाई महसुस गरी ट्रमा सेन्टरमा विकसित गर्न पर्ने आवश्यकता अनुभव गरी नीति तर्जुमा गरिएको र सोही नीति अनुसार काम गरिआएको बताउनु भयो ।
उक्त कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..