सुन्दरबजार प्रथम यःमरी उत्सव– २०८० भव्य

सुन्दरबजार प्रथम यःमरी उत्सव– २०८० भव्य

नवराज पहाडी

@antaranganews

२०८० माघ २० गते शनिवार ०६:०९

यो उत्सवको सिकाईले आगामी बर्ष ३ दिने यःमरी उत्सव गर्ने योजना छ । त्यसको लागि सबै सरोकारवालाको सहयोगको अपेक्षा गरिएकोे छ ।

जिल्लामै पहिलो भएको आयोजकको दावी

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा प्रथम यःमरी उत्सव– २०८० गरिएको छ । नेवाः खलः सुन्दरबजारको आयोजनामा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा माघ १९ गते भव्य रुपमा उक्त उत्सव गरिएको हो ।
मेयर कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै यस्ता कार्यक्रमले बजारको व्यापार व्यवसाय प्रवर्द्धनमा नेवा पुग्नुका साथै नेवारी संस्कृतिको समेत जगेर्ना हुने बताउनु भयो । कार्यक्रममा सुन्दर बजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मी, सोही नगरपालिका– २ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठ, वडानं– ६ का वडाध्यक्ष दिनेशबाबु कोइराला, एमालेका सुन्दरबजार नगरका प्रतिनिधि द्वारिका मिश्र, सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, नेवाः दे वयु गण्डकी प्रदेशका उपाध्यक्ष विद्यादेवी श्रेष्ठ, सोही संस्थाका प्रदेशका सदस्य शान्ती श्रेष्ठ, मातृभूमि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामलाल श्रेष्ठ, एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठ, सयपत्री आविद्यालयका प्रिन्सिपल ज्ञानेन्द्र शर्मा, उद्योग बाणिज्य संघ सुन्दरबजारका कोषाध्यक्ष सुरेन्द्र घिमिरेलगायतले शुभकामना दिनुु मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको नेवाः खलः सुन्दरबजारका निवर्तमान अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार यो उत्सवको सिकाईले आगामी बर्ष ३ दिने यःमरी उत्सव गर्ने योजना छ । त्यसको लागि सबै सरोकारवालाको सहयोगको अपेक्षा गरिएकोे उहाँको भनाइ छ ।
प्रथम यःमरी उत्सवमा सहभागी हुन लमजुङमात्र नभई छिमेकी तनहुँका बासिन्दाहरूको समेत बाक्लो उपस्तिथि रहेको नेवाः दे वयु लमजुङका वरिष्ठ उपाध्यक्ष राजेन्द्रमान श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा नेवाः दे वयु गण्डकी प्रदेशका सदस्य सुनित्रादेवी श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको कार्र्यक्रमको उद्योग बाणिज्य संघ सुन्दरबजारका अध्यक्ष एवम् नेवोः खलः सुन्दरबजारका सल्लाहकार आनन्दराज श्रेष्ठले सञ्चालन गर्नु भएको थियोे ।
उत्सवमा सयपत्री मावि र बालज्योती माविका विद्यार्थीहरूले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सफल बनाउन सुन्दरबजार नगरपालिका– ७ , ग्लोबल एग्रो प्रोडक्टस प्रा लि भरतपुर चितवन र गोर्खा ब्रुुअरी प्रा.लि.ले प्रायोजन गरेको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भयो । यःमरी उत्सव जिल्लामै पहिलो भएको आयोजकको दावी छ भने उत्सवका अवसरमा यमरी सहितको खाजा सेटको प्रतिप्लेट ३५० रुपैयाँमा सर्वसाधारणका लागि बिक्रीमा राखिएको थियो ।

प्रकाशित मिति २०८० माघ २०, शनिबार ०६:०९ गते
हजुरको प्रतिक्रिया