सेवा कर्ममा जुटिरहेका लमजुङ निवासी प्रेम केसीका हातहरू

सेवा कर्ममा जुटिरहेका लमजुङ निवासी प्रेम केसीका हातहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ २० गते शनिवार १०:४६

प्रेम केसीले लोकसंस्कृतिको संरक्षण एवम् असहायहरूको सहयोगका लागि काम गर्दै आएको ईन्द्रेणी कार्यक्रमको छायांकन स्थलमा उपस्थित हुनु भएर आफ्नोतर्फबाट एक लाख ३२ हजार एक सय एक रुपैयाँ प्रदान गर्नु भई नयाँ कीर्तिमान माघ १९ गते कायम गर्नु भएको छ ।

उहाँ भन्नुुहुन्छ, ‘दानले यो लोक र परलोक दुवै राम्रो हुन्छ भन्ने विश्वास भएको हुँदा दान गरेको हुँ ।’

काठमाडौं– लमजुङका एक ८७ बर्षीय जेष्ठ नागरिकका हातहरू मानव सेवाकर्ममा जुटिरहेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटी निवासी प्रेमबहादुर केसीले बयोबृद्ध उमेरमा सेवाका कार्य गर्दै सबैलाई लोभ्याउँदै त्यसतर्फ उत्प्रेरित गरिरहनु भएको छ ।
उहाँले लोकसंस्कृतिको संरक्षण एवम् असहायहरूको सहयोगका लागि काम गर्दै आएको ईन्द्रेणी कार्यक्रमको छायांकन स्थलमा परिवारजनका साथ उपस्थित हुनु भएर उहाँले आफ्नोतर्फबाट एक लाख ३२ हजार एक सय एक रुपैयाँ प्रदान गर्नु भई नयाँ कीर्तिमान माघ १९ गते कायम गर्नु भएको हो । ईन्द्रेणी कार्यक्रममा परिवार तथा आफन्तजनका साथमा पुग्नु भएका उहाँले ईन्द्रणीका सञ्चालक कृष्ण कँडेलको हातमा उक्त रकम हस्तान्तरण गर्नुु भएको हो ।
सो कायमा उहाँले आफ्ना छोराहरू, बुहारीहरू, छोरी तथा ज्वाइँहरू, नाति, नातिना, नातिनी बुहारी, पलातिनीहरू लगायतका आफन्त जनहरूका साथमा इन्देणी कार्यक्रममा सहभागी हुन पुग्नु भएको उहाँका छोरा एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका लमजुङ जिल्ला संयोजक धर्म केसीले बताउनु भयो । उहाँका अनुसार यसरी सेवा गर्ने बुबाको धेरै अघिदेखिकै सोख हो । उहाँले भन्नुभयो, ‘बुबाले लमजुङमा गाउँ छिमेकमा रहेका विद्यालयहरू तथा देवालयमा समेत सेवा र सहयोग गर्नु भएको छ ।’
भारतीय सेनाको हवल्दार पदबाट निवृत्त हुनुभएका ८७ वर्षीय दाता प्रेम केसीका चार छोरा तथा छोरीहरूको विवाह भई सबै आ–आफ्नो खुट्टामा उभिन सक्ने हुनु भएको छ । जसका कारणले पनि उहाँलाई सेवाका कार्य गर्नमा उचित वातावरण बनेको बुझिएको छ । उहाँले गत वर्ष लमजुङको बेसीशहरमा कृष्ण कँडेल नेतृत्वको ईन्द्रेणी टिम पुग्दा पनि ३२ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।
उहाँले गाउँघरमा शिक्षालय तथा देवालयमात्र नभई असाय, अपाङ्ग, दीन, दुःखी, अशक्तहरूलाई पनि आफ्नो खल्तीमा पैसा हुँदाको अवस्था अनुसार पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म सहयोग गर्ने गरी आएको जानकारी दिनुभयो ।
यस्तो कार्य कहिलेदेखि गर्दै हुनुहुन्छ ? भन्ने जिज्ञासामा उहाँले १५ वर्ष जति भयो होला भन्नुभयो । उहाँले आफू २०३६ सालमा भारत सैनिकबाट निबृत्त हुनुभएको जानकारी दिनुभयो ।
यस्तो कार्य गर्ने उत्प्रेरणा के कसरी पाउनु भएको होला ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘धर्म शास्त्रहरूमा आफ्नो कमाईको १० भागमा एक भाग दान गर्नु भनेको छ । दान गर्दा यो लोक र परलोक दुवै राम्रो हुन्छ त्यसैले उहाँले उल्लेख गर्नुभयो ।
आफूले दान गरेको रकम दुरुपयोग नहोस्, कुनै बदमासले नराम्रो काममा खर्च नगरोस् भन्ने आफ्नो चाहना रहेको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति २०८० माघ २०, शनिबार २२:४६ गते
हजुरको प्रतिक्रिया