क्यान्सर दिवसमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिताको फोटो फिचर सहित

क्यान्सर दिवसमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिताको फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ २१ गते आईतबार ०९:५४

सो प्रतियोगितामा कुन्छा– बेसीशहरदेखिका विद्यार्थी सहभागी थिए तर भेटेओडार र आसपासकै झण्डै दर्जन विद्यालयले आफ्ना विद्यार्थी पठाएनन् । त्यसले सम्बन्धित विद्यालयका प्रअ तथा शिक्षकहरू आफ्ना विद्यार्थीको प्रतीभा उजागर गर्नका लागि के कति संवेदनशील छन् ?! भन्ने उजागर भएको टिप्पणी गरिएको छ ।

क्यान्सर दिवसमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता

भोटेओडार(लमजुङ)– क्यान्सर दिवस– २०२४ को उपलक्ष्यमा लमजुङमा जिल्लाव्यापी माविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको आयोजनामा उक्त प्रतियोगिता माघ २१ गते गरिएको हो ।
‘क्यान्सरका बिरामीको हेरचाहमा हुने असमानताको अन्त्य गरौं’ भन्ने विषयमा गरिएको वक्तत्वकला प्रतियोगितामा एक विद्यालयका एक जना विद्यार्थीका दरले १६ जनाले भाग लिएका थिए । प्रतियोगितामा भाग लिने अधिकांश छात्राहरू थिए । सो प्रतियोगिताको तीन सय पूर्णंकमा २४२ अंकका साथ फ्युचरस्टार आमाविका छात्रा कञ्चन कुँवर पहिलो, २४१.५ अंक ल्याएर विद्याज्योती माविका अनुपम गौतल दोस्रो, शान्ती माविका २२८ का अर्पणा गौली तेस्रो भए । यसैगरी, जनकल्याण मावि उदीपुरका अनुपा जोशी र सर्वोदय मावि दुराडाँडाका साँफिया विकले सान्त्वना स्थान हासिल गरे । उनीहरूले क्रमशः २१९ र २०८ अंक ल्याएको निर्णायक समितिका संयोजक रबिप्रसाद बरालले बताउनु भयो । निर्णायक समितिको सदस्यमा सोही शाखाका सचिव डिल्लीप्रसाद शर्मा र सदस्य एवम् अधिवक्ता रघुनाथ अधिकारी तीनै जना अर्बुद रोज निवारण संस्था कास्कीका प्रतिनिधिहरू रहनु भएको थियो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो क्रमशः छ हजार, चार हजार, दुई हजार पाँच सय र सान्त्वना दुई जनालाई जनही एक हजार पाँच सयका दर बरालले बताउनु भयो । निर्णायक समितिमा तीनै जना अर्बुद रोज निवारण संस्था कास्कीका प्रतिनिधिहरू रहनु भएको थियो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो क्रमशः छ हजार, चार हजार, दुई हजार पाँच सय र सान्त्वना दुई जनालाई जनही एक हजार पाँच सयकले पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका कोषाध्यक्ष होमबहादुर राउतले बताउनु भयो ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उहाँले उदघाटन गर्नुका साथै विजयी छात्रछात्रालाई पुरस्कार वितरण गर्नु भएको थियो ।
मेयर कोइरालाले क्यान्सर रोग समयमै उपचार गर्दा निको हुन्छ भन्ने सन्देश दिन कार्यक्रम सफल भएको बताउनु भयो । उहाँले आत्मविश्वासले पनि कमी हुने उल्लेख गर्नु भयो । उहाँले क्यान्सरका रोगीलाई उपचारका लागि मासिक पाँच सय रुपैयाँ संघीय सरकारले स्थानीय तहमार्फत उपलब्ध गराउने जानकारी दिनुभयो । त्यस्तै, योग, ध्यानले पनि रोग न्यूनिकरण गर्न सक्छ तर त्यसतर्फ हाम्रो ध्यान जान सकेको छैन भन्नुभयो । उहाँले स्थानीय पाठ्यक्रममा क्यान्सर रोग राख्नु् पर्ने मागप्रति आफ्नो ध्यानाकर्षण भएको र यसबारेमा छलफल अघि बताउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष मुन पन्त खत्रीले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउँदै दिदीबहिनीहरूले अज्ञानताका कारणले कतिपयले रोग लुकाएर राख्ने गरेको उल्लेख गर्दै आफ्नो स्वास्थ्यप्रति लापरवाही नगर्न दिदीबहिनीहरूलाई आग्रह गर्नु भयो । क्यान्सरको उपचारमा भन्दा पनि यसलाई लाग्न नदिनेतर्फ सचेत भई आत्मविश्वास बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पनि क्यान्सर पाठ्यक्रममा हुनुपर्छ .भन्ने यो कार्यक्रमले बोध गराएको जानकारी दिनुभएको थियो ।
अर्बुद रोग निवारण संस्था कास्कीका सभापति प्रेम भुजेलले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुँदै आयोजक संस्थाको स्थापनाकालीन इतिहास सहित संस्थाको उद्देश्य एवम् गतिविधिका बारेमा प्रकाश पानुर्् भएको थियो । उहाँले सूर्ति र सूर्तिजन्य पदार्थको सेवनले पनि क्यान्सरलाई बढावा दिने गरेको हुँदा त्यो सहित मद्यपान समेत गर्न नहुनेमा जोड दिनुभएको थियो । उहाँले २०३९ सालमा तत्कालीन राजपरिवारका सदस्य जयन्ती शाहको नेतृत्वमा संस्था स्थापना भएको जानकारी दिनुभयो । उहाँले संस्थाको उद्देश्य क्यान्सर विरुद्ध सचेतना जागृत गर्नका लागि विभिन्न कार्यक्रमहरू चित्रकला, वक्तृत्वकला, निवन्ध लेखन आदि गरिआएको जानकारी दिनुभयो ।
अयोजक संस्थाका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विगतमा आफू निस्कृय हुँदा संस्थाले गति लिन नसकेको हो, अब आफूले यसलाई नयाँ गति दिने सोच राखेको बताउँदै जिल्लाका सबै पालिकासँगको साझेदारीमा क्यान्सरका विरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले आउँदो फागुन महिनामा क्यान्सरको दुई दिने शिविर सञ्चालन गर्ने लक्ष्य लिइएको जानकारी दिनु भयो ।
सो प्रतियोगितामा कुन्छा– बेसीशहरदेखिका विद्यार्थी सहभागी थिए तर भेटेओडार र आसपासकै झण्डै दर्जन विद्यालयले आफ्ना विद्यार्थी पठाएनन् । त्यसले सम्बन्धित विद्यालयका प्रअ तथा शिक्षकहरू आफ्ना विद्यार्थीको प्रतीभा उजागर गर्नका लागि के कति संवेदनशील छन् ?! भन्ने उजागर भएको टिप्पणी गरिएको छ ।
क्यान्सर दिवसका अवसरमा सञ्चालित उक्त प्रतियोगिताका लागि सुन्दरबजार नगरपालिकाले पुरस्कार प्रायोजन गरेको थियो भने अन्य व्यवस्थापन एचडिसिएस नमूना सामुदायिक अपस्तालले गरेको थियो । त्यस्तै, कार्यक्रम स्थल उपलब्ध गराउने काम भविष्य निर्माण माविको व्यवस्थापन समितिका अध्यक्ष, व्यवस्थापन समिति, प्रअ सहितका शिक्षकबाट सहयोग भएको हो । आयोजक संस्थाले सबै सहयोगीप्रति कृतज्ञता व्यक्त गरेको छ ।
आयोजक संस्थाका उपसभापति नवराज बरालले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन महिला उपसभापति शोभा ठकुरीले गर्नु भएको थियो ।
उक्त कार्यक्रमपछि नवगठित समितिका पदाधिकारीहरूलाई प्रदेश संयोजक रामप्रसाद बस्ताकोटीले शपथ खुवाउनु हुँदै पद हस्तान्तरण गराउनु भएको थियो । लमजुङ शाखामा २६ जना आजीवन सदस्य रहेको आयोजक संस्थाका सचिव राजकुमार भण्डारीले जानकारी दिनुभयो ।  उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० माघ २१, आईतवार २१:५४ गते
हजुरको प्रतिक्रिया