चौथो खुला बाघचाल प्रतियोगिता सेमिफाइनमा चरणमा

चौथो खुला बाघचाल प्रतियोगिता सेमिफाइनमा चरणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ २६ गते शुक्रबार ११:५६

बाघचालका खेलाडीहरू बजार क्षेत्रमा भन्दा गाउँक्षेत्रमा दोब्बर पनि बढी सहभागी भएको पाइएको आयोजकको भनाइ छ ।

दिवाकर बराल सान्त्वनाको पाँचौ स्थानमा

बेसीशहर– ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आठौं स्थापना दिवसको पावन अवसरमा आयोजित चौथो खुला बाघचाल प्रतियोगिता सेमिफाइनमा चरणमा प्रवेश गरेको छ । विजेताहरूलाई पाँचवटा पुरस्कार वितरण गरिने आयोजकको योजना अनुसार पाँचौ स्थानको सान्त्वनाको विजेताको घोषणा माघ २६ गते गरिएको छ ।
पाँचौं स्थानको सान्त्वना पुरस्कार जित्नेमा दिवाकर बराल बेसीशहर नगरपालिका– ७ को बैंक चोक निवासी हुनुुभएको उक्त प्रतियोगिताको निर्णायक समितिका संयोजक विराट न्यौपाने बताउनु भयो । उहाँका अनुुसार सेमी फाइनलमा पुग्ने अन्य खेलाडीहरूमा सुन्दरबजार नगरपालिका– ६ का राजु न्यौपाने, दोर्दी गाउँपालिका– ६ छोटेखोलाका मीनबहादुर तामाङ÷गुरुङ हुनुहुन्छ भने बेसीशहर नगरपालिकाका रेशमलाल श्रेष्ठ र राइनास नगरपालिका– २ का सुनिल घिमिरे हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘बेष्टआफ थ्रि’का आधारमा खेलाईएको उक्त प्रतियोगिताको फाइनल बेष्ट आफ फाइभका आधारमा खेलाीइने छ ।’
सो प्रतियोगितामा कुल १६ जनाले भाग लिएको संयोजक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा दुई जना महिलाले समेत भाग लिनु भएको थियो ।
बाघचाल नेपालीको पहिचान दिने खेल भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले बताउनु भयो ।
यसअघि उक्त प्रतियोगिता दोर्दी गाउँपालिका– ६ को कीर्तिपुरबेसीमा प्रतिष्ठानद्वारा पहिलो पटक सञ्चालन गरिएको थियो । त्यस्तै, दोस्रो प्रतियोगिता मध्यनेपाल नगरपालिका– १० को बर्धन गाउँमा सञ्चालन गरिएको थियो । ती दुवै स्थानमा ४० जनाभन्दा बढीले भाग लिएका थिए । गत वर्ष सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबारमा सञ्चालन गरिएको तेस्रो प्रतियोगितामा पनि सहभागी संख्या आधाले घटेको थियो भने यो वर्ष जिल्ला सदरमुकाममा आयोजना गरिएको प्रतियोगितामा पनि सहभागी संख्या आशानुरुप सहभागी नभएको अध्यक्ष पहाडीले बताउनु भएको छ ।
उक्त प्रतियोगितामा पहिलो हुनेलाई १० हजार रुपैयाँ, दोस्रो हुनेलाई सात हजार रुपैयाँ, तेस्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुईजनालाई एक हजार पाँच सयका दरले दुईजनालाई दिइने भएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८० माघ २६, शुक्रबार २३:५६ गते
हजुरको प्रतिक्रिया