पराजुलीबेसी(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिको नगरस्तरीय भेला सोही नगरपालिका– ४ को पराजुलीबेसीमा सम्पन्न भएको छ । रास्वपा जिल्ला संयोजक धर्म केसी विशेष उपस्थिति रहेको भेला माघ २७ गते भएको हो ।
भेलामा केसीले लमजुङलाई कस्तो विकासको मोडलमा लैजाने हो खासगरी २०८४ सालपछि बन्ने सरकारले बनाउने योजनाका लागि आजको दिनबाट विशेष अभियान र योजना बनाउन शुरु गर्नु पर्ने बताउनु भयो । उहाँले देशको समसामयिक राजनीतिक स्थितिका बारेमा समेत जानकारी गराउँदै रास्वपाले खेल्ने भूमिकामा प्रकाश पार्नु भएको थियो । उहाँले अब लमजुङमा २०८४ सालमा घण्टी बज्न कसैले पनि रोक्न सक्दैन भन्ने दावी गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ– काठमाडौ सम्पर्क समितिका संयोजक भोला शर्माले समग्रमा जिम्लामा भएको रास्वपाको बर्तमान अवस्था, संगठन विस्तार, पाटीका भावी कार्यक्रम तथा योजना, अवसर र चुनौति माथि प्रकाश पार्नु भएको थियो ।
उक्त भेलाले मध्यनेपाल नगरपालिकाका वडा समिति गठन गर्न बाँकी रहेका आठ वडाका लागि वडा संयोजक तोकी संगठन बिस्तार अभियान सञ्चालन गर्ने निर्णय गरिएको कार्यक्रमका सञ्चालक वरिष्ठ शिक्षाविद् तिर्थ पराजुलीले बताउनु भयो । उहाँका अनुसार यो । नगर समिति सभापति राजेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न गरिएको उक्त भेलामा उपसभापति सुर्य अधिकारीले नगरपालिकामा गरिएको पार्टी गतिविधिबारेमा जानकारी दिनु भएको थियो । नगर सचिव दिपेन्द्र श्रेष्ठबाट स्थानीयस्तरमा पार्टीले खेल्नु पर्ने मूमिका माथ प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा रास्वपा पार्टी स्वेछुक, समर्थक र पाटी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
– भोला शर्माबाट ।
प्रकाशित मिति २०८० माघ २७, शनिबार २२:१२ गते