शान्ति मावि, कुन्छाले गर्‍यो भर्चुअल लोकगीत प्रतियोगिता

शान्ति मावि, कुन्छाले गर्‍यो भर्चुअल लोकगीत प्रतियोगिता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ २९ गते सोमबार १०:५३

पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका, कुन्छास्थित शान्ति माविले आयोजना गरेको एकल लोकगीत प्रतियोगितामा जनमन्दिर मावि, मध्यनेपालका भक्तमान विक प्रथम भएका छन् । विद्यालय ७१ औँ वार्षिकोत्सव तथा ४७ औँ अभिभावक दिवसका सन्दर्भमा भर्चुअल...

पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका, कुन्छास्थित शान्ति माविले आयोजना गरेको एकल लोकगीत प्रतियोगितामा जनमन्दिर मावि, मध्यनेपालका भक्तमान विक प्रथम भएका छन् ।

विद्यालय ७१ औँ वार्षिकोत्सव तथा ४७ औँ अभिभावक दिवसका सन्दर्भमा भर्चुअल मोडमा आयोजना गरेको प्रतियोगितामा सौभाग्यसदन माविकी सलिना गोतामे, संस्कृतिसदन माविकी सुजिना भुजेल र कुसुमाकर माविका गणेश परियार क्रमशः द्वितीय, तृतीय र सान्त्वना भए । प्रतियोगितामा २० जनाले भाग लिएका थिए । विजेताले क्रमशः ५, ३ र २ हजार रुपियाँ नगद तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतराज गौलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिका शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारी रहेका थिए । कार्यक्रममा साहित्यकार रुपिन्द्र प्रभावी र शिक्षक पशुपति न्यौपाने निर्णायक रहेका थिए । प्रधानाध्यापक उत्तम बसेलले स्वागत गरेका कार्यक्रमको संयोजन सहायक प्रधानाध्यापक भरत बसेलले गरेका थिए ।

प्रकाशित मिति २०८० माघ २९, सोमबार २२:५३ गते
हजुरको प्रतिक्रिया