प्रजातन्त्र दिवस जिल्ला सदरमुकाममा विविध कार्यक्रम साथ तीन दिनसम्म मनाइने

प्रजातन्त्र दिवस जिल्ला सदरमुकाममा विविध कार्यक्रम साथ तीन दिनसम्म मनाइने

प्रमिशा बिक

@antaranganews

२०८० फाल्गुण २ गते बुधबार ०९:५१

सो अवसरमा स्वास्थ कार्यालय, नेपाल रेड्क्रस सोसाइटी तथा स्वास्थ सेवा आवद्ध सरकारी तथा गैह्र सरकारी र सामुदायिक संघ संस्थाद्वारा रक्तदान स्वास्थ सचेतनामुलक कार्यक्रम गर्ने र स्थानीय तह र शिक्षा सम्बद्ध निकाय तथा संघ संस्थाद्वारा फरक क्षमताका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने निर्णय गरेको छ ।

जिल्ला समनवय समितिका प्रमुख पुर्णबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठक सो निर्णय गरेको हो ।

लमजुङ– प्रजातन्त्र दिवस– २०८० को पावन अवसरमा जिल्ला सदरमुकाम बेसीशहरमा विविध कार्यक्रमका साथ मनाउने निर्णय गरिएको छ । जिससको सभाहलमा सरोकारवालाहरूको एक बैठकले उक्त दिवस मनाउने निर्णय फागुन २ गते गरेको हो ।
जिल्ला समनवय समितिका प्रमुख पुर्णबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठक सो निर्णय गरेको हो ।
उक्त बैठकले आगामी फागुन ६÷७÷८ गते अर्थात तीन दिनसम्म मनाउने निर्णय गरेको छ । सो अवसरमा जिल्ला स्थित सबै सरकारी निकाय प्रतिष्ठान तथा संघ संस्था र कार्यालयका छत तथा बरण्डा परिसरमा राष्ट्रिय झण्डा राखी सजाउन आह्वान गरेको छ ।
साथै साझमा कार्यक्रम गर्दै जिल्लाबासीहरूको घर घरमा दीप प्रज्ज्वलन समेत गर्न आग्रह गरिएको छ ।
उक्त तीन दिवसीय अवधिमा जिल्लामा रहेका सार्बजनिक स्थलहरू, सामाजिक सांस्कृतिक तथा ऐतिहासिक पुरातात्त्विक महत्वका स्थलहरू सरसफाइ गर्ने जनप्रतिनिधि, समाजसेवी, राष्ट्रसेवक, कर्मचारी एवम् सुरक्षाकर्मीले सामुहिक रुपमा दीप प्रज्जलन गर्ने निणय गरेको छ । उक्त बैठकले जिल्लाभित्रका जातीय भेषभुसा सहित बिहान ७ बजे मनाङे चौतारामा भेला हुने समेत निर्णय गरेको छ । सो अवसरमा बेसीशहर बजार र आसपासमा रहेका आमा समुहलाई पनि सहभागी गराउने निर्णय गरेको बताइएको छ ।
बैठकले जिल्ला स्थित स्वास्थ कार्यालय, नेपाल रेड्क्रस सोसाइटी तथा स्वास्थ सेवा आवद्ध सरकारी तथा गैह्र सरकारी र सामुदायिक संघ संस्थाद्वारा रक्तदान स्वास्थ सचेतनामुलक कार्यक्रम गर्ने र स्थानीय तह र शिक्षा सम्बद्ध निकाय तथा संघ संस्थाद्वारा फरक क्षमताका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने निर्णय गरेको छ ।
र्बटकमा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, सोही नगरपालिका उपमेयर पद्यमा गुरुङ, जिल्ला अदालत लमजुङका न्यायाधीश कृष्णप्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सहायक प्र.जि.अ. गोकर्णराज सुयल, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, जिल्ला कारागार प्रशासनका निरीक्षक कमलपति अधिकारी लगायत जिल्ला भित्र आबद्ध सबै तहमा कर्यारत कर्मचारीहरूका साथै सञ्चारकर्मीहरूको पनि उपस्थित रहेको थियो ।

प्रकाशित मिति २०८० फाल्गुन २, बुधबार २१:५१ गते
हजुरको प्रतिक्रिया