सन्तानेश्वर महादेव मन्दिर पसिरमा महाशिवरात्री पर्वमा दश दिवशीय महोत्सवको तयारी

सन्तानेश्वर महादेव मन्दिर पसिरमा महाशिवरात्री पर्वमा दश दिवशीय महोत्सवको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ५ गते शनिवार ०७:०१

महोत्सव फागुन २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ, सबै कार्यक्रम वितगका वर्षहरुमा सञ्चालन हुने कार्यक्रमकै निरन्तरता हो ।

महोत्सव सफल पार्न २७ सदस्यीय मूल समिति, ३४ वटा उपसमिति

करापुटार(लमजुङ)– यहाँ स्थित सन्तानेश्वर महादेव मन्दिर पसिरमा महाशिवरात्री पर्वको पावन अवसरमा दश दिवशीय करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सवको तयारी थालिएको छ । महोत्सवसफल बनाउन २७ सदस्यीय मूल समिति, ३४ वटा उपसमिति गठन गरिएको छ । सो महोत्सव फागुन २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको आयोजकको भनाइ छ ।
लमजुङको मध्यनेपाल नगरपालिका– ७ को करापुटार स्थित ईशानेस्वर महादेव अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुने महोत्सवको तयारी समिति क्षेत्र विकास समितिकै २७ जना रहेको, त्यसका लागि उपसमिति ३४ वटा रहेको ईशानेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले बताउनु भएको छ । उहाँका अनुसा महोत्सवमा बिगतका बर्षहरूकै कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महोत्सवको नाम दिएको हो । उहाँले भन्नुभयो, ‘विगतका वर्षझैं सन्तानेश्वर महादेवको पूजा आराधाना, ठाडो बत्ती बाल्ने, बसेर बत्ती बाल्ने, शिवजीलाई दुध चढाउने, भजन कृतन ठाडोभाका लगायतका कार्यक्रमहरू हुने छन् ।’
क्षेत्र विकास समितिका अध्यक्ष शास्त्रीले महोत्सव ठेकेदारलाई सुम्पिएको भन्ने हल्ला आएको हुनाले यो भ्रममा नपर्न आग्रह गर्दै विगतका वर्षमा भन्दा यति फरक छ स्टलहरू बाहेक अन्यत्र क्षेत्रमा यसबर्ष कुनै दाँया बाँया व्यापार नहुने जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति र प्रतियोगिता समेत हुनेछ ।
उक्त अवसरमा ठाडो बत्ती बाल्नाले सन्तानको रहर हुने दम्पत्तीका लागि लाभ हुने गरेको विश्वासका आधारमा पनि परम्परागत रुपमा उक्त कार्य हुँदै आएको छ । धार्मिक शास्त्र अनुसार नेपालमा रहेका महत्वपूर्ण तीर्थस्थल मध्ये यो स्थल पशुपतिनाथ मन्दिरपछिको दोस्रो महत्वपूर्ण स्थल हो ।
कार्यक्रम स्थलहरूमा टिकट काटेर प्रवेश गर्नु पर्ने व्यवस्थाछ । टिकटको दर विद्यार्थी र समुहमा आउनेलाई ५०, ७० र अन्यलाई १०० रुपैयाँ निर्धारित गरिएको महोत्सव क्षेत्र अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवसरमा विगतका वर्षझैं छेलो प्रतियोगिता, भलिवल प्रतियोगिता, ठाडोभाका र भजनको गायन प्रतियोगिता रहेको छ । यहाँँको ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपमा प्राथमिकताका साथ ती कार्यक्रमहरू हुने छन् उहाँको भनाइ छ ।
महोत्सवको लक्ष्यमा प्रकाश पार्दै उहाँले भन्नुभयो, ‘लमजुङ जिल्लाको धार्मिक, जैविक एवं सौर्य विविधताको संरक्षण गरी समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यान्त्रिक उपकरण सामग्रीहरूको प्रवद्र्धनमा टेवा पुर्याउँदै विभिन्न जातजाति, वर्ग र समुदायको बीच सद्भाव एवम् भातृत्व अभिवृद्धि गरी जिल्लाको समग्र आर्थिक तथा सामाजिक समुन्नतिमा संगठित रुपले प्रयत्नशील रहनु हो ।’
महोत्सवको मुख्य उपसमितिको संयोजकमा नवराज घिमिरे अर्थ संकलन, पशुपति घिमिरे, प्रचारप्रसार, स्वागतमा राज्यलक्ष्मी, भण्डारामा गुणराज घिमिरे, खेलकुदका लागि करापुटार क्लब, कृषि मेलाका लागि देउराली सहकारी संस्थाले संयोजन गर्ने छ भने ठाडोभाकाका लागि सुवे. नरबहादुर गुरुङ संयोजक तोकिनु भएको बताइएको छ ।
महोत्सवको उद्देश्यहरूमा अल्पकालीन र दीर्धकाली रूपमा छुट्याइएको सो अनुसार कार्यक्रमहरू अघि बढाइने आयोजक अर्थ संकलन उपसमितिका संयोजक नवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार महोत्सवमा करिब सात लाख खर्च हुने अनुमान गरिएको छ भने सो खर्च नगरपालिका सहितका दाताहरूबाट संकलन हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति २०८० फाल्गुन ५, शनिबार ०७:०१ गते
हजुरको प्रतिक्रिया