कांग्रेस महासमिति बैठक आजदेखि, तयारी पुरा

कांग्रेस महासमिति बैठक आजदेखि, तयारी पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ७ गते सोमबार ०७:११

केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा भाग लिने गरी दुई हजार एक सय पाँचजनाले महासमिति बैठकको सहभागी संख्या हुनेछ ।

सभापति देउवाले दिउँसो १ बजे उद्घाटन गनुर्् हुने

काठमाडौँ– नेपाली कांग्रेस महासमिति बैठक आजदेखि सुरु हुँदैछ । प्रजातन्त्र दिवसको अवसरमा ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महासमिति बैठकको पार्टीका सभापति शेरबहादुर देउवाले फागुन ७ गते दिउँसो १ बजे उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ ।
कांग्रेस प्रचार–प्रसार विभागले पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको फागुन ६ गते नै जनाएको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नुरहेको प्रमुख मीन विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु हुने कार्यक्रम छ । उहाँले भन्नुभयो, ‘महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।’
उहाँका अनुसार नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने छ । प्रस्तुत प्रतिवेदनहरू माथि चार वटा हलमा छुटा छुटै रूपमा छलफल हुने तयारी छ उहाँले भन्नुभयो । ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिने तयारी छ ।
‘वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा भाग लिन दिइने छ ।’ विश्वकर्माले भन्नुभयो । उहाँका अनुसार त्यो सबैको संख्या दुई हजार एक सय पाँचजनाले महासमिति बैठकको सहभागी संख्या हुनेछ ।

प्रकाशित मिति २०८० फाल्गुन ७, सोमबार ०७:११ गते
हजुरको प्रतिक्रिया