व्यवस्था परिवर्तन गर्ने राप्रपा उपनेता तामाङको चेतावनी

व्यवस्था परिवर्तन गर्ने राप्रपा उपनेता तामाङको चेतावनी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ८ गते मङ्गलबार ०७:२८

सांसद धवल समशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्न लागेको दावी गर्नु भयो ।

ख्यालठट्टा नसोच्न धम्की

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले विद्यमान व्यवस्था परिवर्तनको गर्ने चेतावनी दिएको छ । सो दलका उपनेता बुद्धिमान तामाङले पार्टीले एक साता अघि सुरु गरेको देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको फागुन ८ गते बताउनु भएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन हो, त्यसैले यसलाई ख्यालठट्टा नठान्न आग्रह गर्नुभयो । अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रणजस्तो आन्दोलन नभएको उहाँको गर्जन थियो । उहाँले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन पनि कार्यकर्तालाई आग्रह गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामी भद्र आन्दोलन गर्ने हो ।’
सांसद धवल समशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्न लागेको दावी गर्नु भयो । व्यवस्था र व्यवस्था चलाउने पात्रहरूलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन उहाँको आग्रह थियो । ‘राज्य पूर्णरुपले असफल भइसक्यो । यो आन्दोलन हाम्रा लक्ष्य पाएपछि मात्रै रोकिन्छ ।’ उहाँले भन्नुभयो । हाम्रो विचारधारामा मिल्ने पार्टी, समूह, अभियन्ता सबैलाई समेटेर अघि बढाउने छौँ ।’

प्रकाशित मिति २०८० फाल्गुन ८, मंगलवार १९:२८ गते
हजुरको प्रतिक्रिया