इन्द्र बानियाँले गठबन्धनमा जोड दिएपछि कांग्रेस महासमिति बैठकमा नाराबाजी

इन्द्र बानियाँले गठबन्धनमा जोड दिएपछि कांग्रेस महासमिति बैठकमा नाराबाजी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण १० गते बिहिबार ०५:३९

नारावाजी गर्नेहरूले आफ्नो सुझाव नपरेको, गठबन्धनबारे अहिल्यै केही निर्णय गर्न नहुनेजस्ता कुरा राखेर केही नारावाजी गर्ने महासमिति सदस्य मञ्च नजिकै पुगेपछि स्वयंसेवक र प्रहरी तैनाथ गरिएको थियो ।

चारदिनका लागि तय भएको महासमिति बैठक आज सकिने भएको हो ।

ललितपुर– नेपाली कांग्रेसको महासमिति बैठकमा नाराबाजी भएको छ । नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँको प्रतिवेदनविरुद्ध महासमिति सदस्यहरूले फागुन १० गते नाराबाजी गरेका हुन् ।
बानियाँले प्रस्तुत गरेको प्रतिवेदनमा गठबन्धन आवश्यक रहेको विषयलाई जोड दिएपछि सदस्यहरूले नाराबाजी गरेका थिए । बागमती र गण्डकी समूहबाट आएका सुझावहरू समापन कार्यक्रममा बागमतीका सभापति इन्द्र बानियाँले पस्तुत गर्दा नाराबाजी भएको हो ।
यहाँको गोदावरीमा जारी महासमिति बैठकको अन्तिम दिन बानियाँले प्रतिवेदन पेस गरेलगत्तै सदस्यहरूले उठेर नाराबाजी गरेका थिए । उनीहरूले प्रतिवेदनमा आफूहरूको भावना नसमेटिएको बताएका थिए । नाराबाजीका क्रममा उनीहरूले गठबन्धन गर्न नहुने माग राखेका थिए ।
महामन्त्री गगन थापाले केन्द्रीय समितिले यसलाई सम्बोधन गर्ने भनेपछि स्थिति सामान्य भएको थियो । अहिले महासमिति बैठकको समापनसत्र जारी छ ।
अन्य प्रतिनिधिहरूले राखेका विचारहरू भन्दा फरक तरिकाले बानियाँले समूहको सुझाव पढेपछि महासमिति सदस्यले नाराबाजी गरेको एक नेताले बताए । ती नेताले भने, ‘चुनावी गठबन्धन गर्न हुँदैन भन्ने सुझाव राख्ने समूहमा ठूलो संख्या छ । उनले सुझावहरु एकमुष्ट गरेर प्रतिवेदनका रुपमा पढ्दा गठबन्धनको विपक्षमा खासै मत नआएको पढ्नुभयो ।’
प्रदेश सभापति बानियाँको प्रतिवेदन सच्याउनुपर्ने माग सहित उठेर सहभागीले विरोध गरेपछि केही समय समापन कार्यक्रम प्रभावित भएको थियो ।
महामन्त्री गगन थापाले प्रदेशबाट आएका सबै प्रकृतिका सुझावहरू सम्मिलित गरेर अन्तिम निर्णय आउने आश्वास दिएपछि नाराबाजी रोकिएको एक प्रतिनिधिले बताए ।
उनीहरू आफ्नो सुझाव नपरेको, गठबन्धनबारे अहिल्यै केही निर्णय गर्न नहुनेजस्ता कुरा राखेर केही नारावाजी गर्ने महासमिति सदस्य मञ्च नजिकै पुगेपछि स्वयंसेवक र प्रहरी तैनाथ गरिएको थियो ।
करिब १५ मिनेट बैठक प्रभावित :
कांग्रेस महासमिति बैठकको लफडा भएपछि करिब १५ मिनेट बैठक प्रभावित भयो र फेरि सुचारू भएको छ ।
कतिपय महासमिति सदस्य उठेको ठाउँबाट उठेर मञ्चतर्फ गएपछि मञ्चबाट पटकपटक ‘साथीहरू आफ्नो ठाउँमा बस्नुस्, जय नेपाल !’ नेताहरूले भन्नुपरेको थियो ।
समापनमा शीर्ष तहका सबै नेताले धारणा राख्दै ः
नेपाली कांग्रेसको महासमिति बैठकको समापनमा पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरूले धारणा राख्ने भएका छन् ।
शीर्ष नेताको बैठकले समापन समारोहमा बोल्न व्यक्तिहरूको निर्णय लिएको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले ‘पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरूले समापनमा धारणा राख्नुहुन्छ ।’ भन्ने जानकारी दिनुभयो । उहाँका अनुसार वक्ताका लागि पाँच मिनेट समय तय गरिएको छ ।
फागुन ७ गते सुरु भएको उद्धघाट्नमा पदाधिकारीबाट तीन जनाको मात्र सम्बोधन थियो । सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले विचार राखेका थिए ।
चारदिनका लागि तय भएको महासमिति बैठक आज सकिने भएको हो ।

प्रकाशित मिति २०८० फाल्गुन १०, बिहीबार १७:३९ गते
हजुरको प्रतिक्रिया