सुन्दरबजार(लमजुङ)– लालीगुँरास बोर्डिङको स्कूलको आठौं वार्षिकोत्सवमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ को आवास क्षेत्रमा सञ्चालित उक्त विद्यालयको वार्षिकोत्सव गण्डकी प्रदेशका सभासद एवम् काँग्रेसका जिल्ला सभापती डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा फागुन १० गते सम्पन्न भएको हो ।
वार्षिकोत्सवको उदघाटन गर्दै डा. गुरुङले अबको शिक्षा प्राविधिक हुनुपर्नेमा जोड दिदै सकेसम्म शिक्षा एकै स्वरुपको हुन आवश्यक रहेको औंल्याउनु भयो । स्थापनाकालको छोटो अवधिमा लालीगुराँसले गरेको प्रगतिको प्रशंसा गर्दै गुरुङले थप प्रगतिको कामना गर्नु भएको थियो । विशेष अतिथि सुन्दरबजार नगरपालिकाका उपमेयर भवानी केसीले नगरक्षेत्रमा शिक्षालाई गुणस्तरीय बनाउन पहल भइरहेको त्यस अनुसार नीति निर्माण कार्यमा नगरपालिका जुटी रहेको बताउनु भयो ।
सोही विद्यालयका संस्थापक एवम् व्यवस्थापन समितिका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सोही वडाका अध्यक्ष मनराज गुरुङ, वडानं– ६ का वडाध्यक्ष दिनेश कोइराला, वडानं– २ का अध्यक्ष नवीन श्रेष्ठ, काँग्रेसका नगर प्रतिनिधि बासुराम कँडेल, एमालेका नगर अध्यक्ष भीम गुरुङ, माओवादी केन्द्रका प्रतिनिधि सिर्जना बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव राजेन्द्र अधिकारी, राप्रपाका विष्ण खड्का, भक्ति आदर्श माविका प्रधानाध्यापक यज्ञ घिमिरे, भविष्य निर्माण माविका प्रअ मायानाथ अधिकारी, प्याब्सनका जिल्ला अध्यक्ष एवम् ग्लोबल भिजन आमाविका प्रिन्सिपल मेन घले, प्याब्सनका निवर्तमान जिल्लासचिव एवम् सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्मा, सुन्दरबजार खानेपानी उपभोक्ता सिमितका अध्यक्ष उत्तम गुरुङ, रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा विद्यालयको प्रगति प्रतिवेदन प्रिन्सिपल विष्णु घलेले प्रस्तुत गर्नु भएको थियो भने शिक्षक तीर्थ थापाले स्वागत तथा सञ्चालन शिक्षकद्वय काजल श्रेष्ठ र धनमाया सुनारले गर्नु भएको थियो ।
उक्त अवसरमा अन्तर हाउस खेलकुद प्रतियोगिता सम्पन्न गरिएको थियो ।
स्मरणीय छ, लालीगुराँस आमाविले पछिल्ला तीन वर्षदेखि एसईईमा आफ्ना विद्यार्थीलाई सहभागी गराउँदै आएको छ भने नगरस्तरमा सबैभन्दा उत्कृष्ठ विद्यालयका रुपमा दर्ज हुन सफल भएको छ ।
प्रकाशित मिति २०८० फाल्गुन १०, बिहीबार २०:४७ गते