थापाथलीको प्रसूति अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला, चोर्ने महिला पक्राउ

थापाथलीको प्रसूति अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला, चोर्ने महिला पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण १२ गते शनिवार १०:३३

ओपीडीमा परीक्षणका आएकी आमाको हातबाट शिशु चोरी भएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिनुभएको थियो ।

घटना सार्वजनिक गर्न प्रेस विज्ञप्तिको तयारीमा प्रहरी

काठमाडौं– काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्रुपतालबाट चोरी भएको शिशुको उद्धार भएको छ । काठमाडौं प्रहरीले गएको मध्यरातमा उक्त शिशुको उद्धार फागुन १२ गते गरेको हो ।
काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट फागुन ११ गते दिउँसो चोरी भएको थियो ।
प्रहरीले ती शिशुलाई गएराति १२ बजे काठमाडौंको काँडाघारीबाट उद्धार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार शिशु चोरी गर्ने महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका– ३ माझिफेदाकी २२ वर्षीया सविना श्रेष्ठकी शिशुको चोरी भएको हो । ’सबैको सहयोगले छोरी फेला परेकी छिन् । खुसी लागेको छ,’ सविनाले भनिन् ।
अस्पतालमा ती महिलाले केहीबेर बोकिदिने भनेर शिशु लिएकी थिइन् । दिउँसो १२ बजेतिर केहीबेर बोकिदिने भनेर शिशु लिएको ती महिला शिशु लिएर फरार भएकी थिइन् । त्यो खबर करिब १ बजेतिर मात्रै प्रहरीलाई प्राप्त भयो ।
शिशु चोरीको उजुरीपछि खोजीमा निस्केको प्रहरी टोलीले शिशुलाई भक्तपुरस्थित काँडाघारीमा भेटाएको हो । शिशुलाई चोरी गरेर लैजाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
अस्पतालबाट चोरी भएको शिशु करिब १२ घण्टापछि काँडाघारीमा फेला परेको प्रहरीले जनाएको छ ।
‘छोरी भेटिएको छ । बुझ्न प्रहरीकोमा जाँदै छौ ।’ शिशुका बुबा पुजन श्रेष्ठले बताउनु भएको छ ।
घटनाबारे प्रहरीले प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
ओपीडीमा परीक्षणका आएकी आमाको हातबाट शिशु चोरी भएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति २०८० फाल्गुन १२, शनिबार १०:३३ गते
हजुरको प्रतिक्रिया