कतार– लमजुङ सेवा समाज कतारको १५ औं अधिवेशन यहाँ सम्पन्न भएको छ । अधिवेशनले समाजसेवामा समर्पित युवा व्यक्तित्व विनोदप्रसाद बसौलालाई निर्विरोध अध्यक्ष चयन गर्दै नयाँ कार्य समिति गठन गरेको छ । नवनिर्वाचित विनोद बसौला यसअघि समाजको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । सो अधिवेशन फागुन ११ गते सम्पन्न भएको हो ।
सो अधिवेशन समाजका अध्यक्ष सिताराम थापाको सभापति तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्ययामा भएको हो । लमजुङ सेवा समाज कतार ‘सुख दुःखमा साथ, लमजुङ सेवा समाज’ भन्ने नाराका साथ कतारमा रहेका लमजुङे र गृह जिल्लाको सामाजिक सेवामा समेत समर्पित रही क्रियाशील हुँदै आएको छ ।
अधिवेशनले सर्वसम्मत रुपमा चयन गरेको नयाँ समितिको अध्यक्षमा विनोद बसौला तथा प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापामगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिवमा रविन्द्र भण्डारी, सचिवमा प्रशान्त कुमार, कोषाध्यक्षमा राज श्रेष्ठ, सह कोषाध्यक्षमा रविन्द्र घिमिरे हुनु भएको समाजका सल्लाहकार एवम् निर्वाचन संयोजक नवराज नखोलाले बताउनु भएको छ । उहाँका अनुसार समितिको सदस्यमा नारायण अधिकारी, वासुदेव पाण्डे, खुशी मिया, कुमारी गुरुङ निर्वाचित हुनु भएको छ ।
अधिवेशनले गृह जिल्ला लमजुङमा रहेका पालिकास्तरका संयोजक समेत चयन गरेको छ । जस अनुसार बेसीशहर नगरपालिका संयोजकमा परशुराम थापा, मध्यनेपाल संयोजकमा जनक कार्की, राइनास नगरपालिका संयोजकमा देवबहादुर अधिकारी, दूधपोखरी गाउँपालिका संयोजकमा कृष्ण गुरुङ, दोर्दी गाउँपालिका संयोजकमा रामचन्द्र अधिकारी, मस्र्याङदी गाउँपालिका संयोजकमा टेकबहादुर गुरुङ र क्व्होंलासोथार गाउँपालिका संयोजकमा फगेन्द्र गुरुङ चयन हुनु भएको छ । सुन्दरबजार नगर संयोजक पदमा पछि मनोनित गरिने भएको छ ।
अधिबेशनमा समाजका पूर्वअध्यक्ष नवराज नखोला, कुमारी गुरुङ, कमला गुरुङ, मगंल बिकलाई सम्मान पत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो । गैर आवासीय नेपाली ताराका गायन विजेता रुस्तम तामाङ र नृत्य बिजेता निरु श्रेष्ठलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष सीताराम थापाको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनमा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष विनोद बसौलाले व्यक्त गर्नु भएको थियो । समाजको प्रगति प्रतिवेदन सचिव बिनोद थापा मगरले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राज श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
उक्त अवसरमा सागर नेपाल, हसराज क्षेत्री, बिनेश तामाङ, माया केसी, अजमत अली, राकेश श्रेष्ठ, बलदेब राना, रघु शर्मा, ध्रुव क्षेत्री, दिनेश कटुवाल, रोशन अर्याल, केदार मुषाल लगायतले शुभकामना मन्तव्यका साथ कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।
समापनका कार्यक्रममा अध्यक्ष थापाले आफ्नो कार्यकालमा सामाजिक सेवा गर्ने मन र सहयोगी हातहरू अथाह कमाएको आभास भएको उल्लेख गर्नुभयो । उहाँले आफनो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई अध्यक्ष थापाले धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल सकिए पनि सामाजिक सेवाप्रति आफ्नो लगाव तथा सहयोग नघट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा खाजाका रुपमा मकै भट्ट, गुन्द्रुकको अचार, मोहीको प्रवन्ध गरिएको थियो । ती परिकार खादै गर्दा सहभागीहरूले आफ्नै जन्म जिल्लाको गाउँमा पुगेको अनुभूति गरेको अनुभव सुनाउँदै खुशी व्यक्त गरेका थिए ।
समाजले कतारमा रहेका नेपालीलाई न्याश्रिन नदिनका लागि विभिन्न चाडबाडहरूमा खल्लो नहोस् भन्ने उद्देश्यले सामुहिक रुपमा तीज, बडादशैं, तिहार जस्ता पर्वहरू विशेष कार्यक्रमका साथ मनाउने गरिआएको छ । साथै, कुनै दुःखमा परेका जिल्लाबासीहरूलाई पनि सक्दो सहयोग गरिआएको छ ।
नवनिर्वाचित अध्यक्ष बसौलाको कार्यकालमा संस्थाले झनै उचाई प्राप्त गर्ने आशा गरिएको अधिवेशनको सहभागीहरूले उहाँलाई बधाई दिदै आशा व्यक्त गरेका थिए ।
सन् २००५ मा स्थापित सो समाजको विधान अनुसार कार्य समितिको कार्यकाल दुई वर्षेको हुने प्रवन्ध छ ।
प्रकाशित मिति २०८० फाल्गुन १३, आईतवार १४:४३ गते