बालकुमारी घटना : जाँच आयोगको प्रतिवेदन बुझ्न समिति गठन

बालकुमारी घटना : जाँच आयोगको प्रतिवेदन बुझ्न समिति गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण १४ गते सोमबार ०९:५५

मन्त्रीद्वय धनराज गुरुङ र शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न समयसीमा निर्धारण गरेको छ ।

सभामुख देवराज घिमिरेद्वारा सो घट्नामा जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौँ– सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनका लागि सुझाव दिन दुई मन्त्रीलाई समितिको रुपमा जिम्मा दिएको छ । मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न दुई मन्त्रीलाई फागुन १४ गते जिम्मा दिएको हो ।
सो समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहनु भएको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो ।
मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता शर्माले भन्नुभयो, ‘बालकुमारी घटनाका सम्बन्धमा जुन प्रतिवेदन प्राप्त भएको छ, समितिले यसको अध्ययन गर्ने छ र कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्नेछ ।’ उहाँका अनुसार प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न समयसीमा निर्धारण गरेको छ ।
बालकुमारीमा प्रदर्शनको क्रममा दुई यु्वाको पुस १३ गते ज्यान गएको थियो ।
सभामुख देवराज घिमिरेद्वारा रुलिङ ः
सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरूले संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नु भएको थियो ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी एमाले र रास्वपा लगायतका दलहरूले ललितपुरको भएको घटनामा संलग्नलाई कारबाही गर्न बेवास्ता गरेको आरोप लगाउँदै उक्त घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनले दोषी देखाएकाहरूलाई जवाफदेही बनाउन माग गरेका थिए । प्रतिवेदन सार्वजनिक गर्न र कारबाही माग गरेर एमालेले संसद् बैठक अवरोध गर्न खोजेपछि सभामुख घिमिरेले सरकारलाई घटना बारे जवाफ दिन सरकारलाई रुलिङ गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० फाल्गुन १४, सोमबार २१:५५ गते
हजुरको प्रतिक्रिया