बेसीशहर– गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अन्तरगत रहेको सूचना तथा सञ्चारमन्त्रालयले प्रदेश भरका वैध सञ्चारमाध्यमहरूको सूचि प्रकाशन गरेको छ । त्यसमा लमजुङबाट सञ्चालन हुने एक मात्र अनलाइन अन्तरङ्ग न्यूज डटकम मात्र गण्डकी प्रदेशमा सूचिकृत भएको फागुन १५ गते खुृलासा भएको हो ।
गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले चालु आव २०८०/८१ मा लोककल्याणकारी विज्ञापनका लागि सूचिकृत गरेका सञ्चारमाध्यमहरू प्रदेश भर २१५ वटा रहेको सार्वजनिक सूचना जारी गरेको छ । त्यसमा सूचिकृत हुनेमा लमजुङको एक मात्र अनलाइन अन्तरङ्ग न्यूज डटकम मात्र रहेको छ । लमजुङका तीन रेडियोहरू मर्स्याङ्दी, चौतारी र भोटेओडार मात्र सूचिकृत भएका छन् । त्यस्तै सूचिकृत हुने पत्रपत्रिकाहरूमध्ये साप्तहिकहरूमा अन्तरङ्ग, लमजुङ आवाज, लमजुङ पत्र, स्वतन्त्र शक्ति र लमजुङ रत्न रहेका छन् । यसैगरी, दैनिकमा लमजुङ दर्पण मात्र रहेको छ । अन्तरङ्ग न्यूज डटकम लमजुङबाट सञ्चालन हुने एक मात्र अनलाइन हो ।
सूचिकृत नभएका कुनै पनि सञ्चारमाध्यम वैध मानिदैनन् । त्यस्ता सञ्चारमाध्य विज्ञापनका लागि पनि योग्य मानिदैनन् । तर यहाँ राजनीतिक पहुँचका आधारमा पक्षपोषण हुँदै आएको स्थिति छ । कानुनलाई खिल्ली उडाउने यस्तो रबैया कहिले सम्म ?
प्रकाशित मिति २०८० फाल्गुन १५, मंगलवार ०९:३५ गते