नयाँ मन्त्रीहरूको शपथ शित्तल निवासमा आज साँझ ५ बजे

नयाँ मन्त्रीहरूको शपथ शित्तल निवासमा आज साँझ ५ बजे

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २१ गते सोमबार ०४:५०

पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका पदम गिरी र रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले मन्त्रीका रूपमा शपथ लिने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले संघीय संसदको सबैभन्दा ठूलो दल कांग्रेससँगको गठबन्धन तोडेपछि एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने हुनु भएको हो ।

काठमाडौँ– नेपालको केन्द्रीय सत्ता समिकरण भत्किएको छ । नयाँ समिकरण अनुसार सानो मन्त्रीमण्डल बन्दैछ । ती नयाँ मन्त्रीहरूको शपथ अहिले राष्ट्रपतिको कार्यालय शित्तल निवासमा फागुन २१ गते साँझ पाँच बजे हुने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरूको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएसँग त्यस्तो खुलासा भएको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री कार्यालयबाट पाँच बजे शपथ गराउनका लागि पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको छ भन्नुभयो । उहाँका अनुसार सोही अनुसार अपराह्न ५ बजे तयारी भइरहेको छ । उहाँले भन्नुभयो, ‘सो पत्र अनुसार आज ३ जना मन्त्रीले शपथ लिने तयारी छ ।’
प्रधानमन्त्री प्रचण्डले संघीय संसदको सबैभन्दा ठूलो दल कांग्रेससँगको गठबन्धन तोडेपछि एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने हुनु भएको हो । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका पदम गिरी र रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले मन्त्रीका रूपमा शपथ लिने तयारी छ ।

प्रकाशित मिति २०८० फाल्गुन २१, सोमबार १६:५० गते
हजुरको प्रतिक्रिया