गृह, भौतिक, पर्यटन र शहरी विकास मन्त्रालयमा रास्वपाको दावी

गृह, भौतिक, पर्यटन र शहरी विकास मन्त्रालयमा रास्वपाको दावी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २२ गते मङ्गलबार ०४:५८

गठबन्धनमा आबद्ध दलहरूको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर साढे ४ भइसक्दा पनि बैठक सुरु हुन नसकेको बताइन्छ । मिसन ८४ आउँदा फेरि सठबन्धन फेरियो भने आश्चर्य हुने छैन । किनकि, माओवादीका अध्यक्ष जसरी पनि प्रधानमन्त्री बनिरहने र आफ्नै नेतृत्वको सरकारबाट आउँदो आम निर्वाचन गराउने सोचमा देखिनु भएको उहाँ निकट स्रोतले उल्लेख गरेको छ ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिन सक्ने सम्भावना प्रवल छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार मन्त्रालय पाउनु पर्ने अडानमा छ । सरकारमा उपप्रधान र गृहसहित अन्य तीन मन्त्रालय समेत चार मन्त्रालय पाउनु पर्ने रास्वपाको अडान फागुन २२ गते पनि यथावत रहेको छ ।
रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको सो पार्टीका एक शीर्ष नेताले बताए ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको छ ।
रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा व्यस्त हुनुहुन्छ । निर्णय हुन भने बाँकी रहेको छ ।
नेकपा (एमाले)को पनि गृहमा दावी छ ।
रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिन सक्ने सम्भावना प्रवल छ ।
यसैबीच, सत्ता गठबन्धनको बैठक अझै सुरु भएको छैन । गठबन्धनमा आबद्ध दलहरूको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
त्यसका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुग्नु भएको छ ।
गठबन्धनमा आबद्ध दलहरूको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर साढे ४ भइसक्दा पनि बैठक सुरु हुन नसकेको बताइन्छ । बैठकमा गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो लगाउने तयारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ गठबन्धनबाट तीन जना बिना विभागीय मन्त्री हिजै बनाइसक्नु भएको छ ।
नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूसँगको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएका छन् । जसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा सहभागी छन् ।
स्मरणीय छ, मिसन ८४ आउँदा फेरि सठबन्धन फेरियो भने आश्चर्य हुने छैन । किनकि, माओवादीका अध्यक्ष जसरी पनि प्रधानमन्त्री बनिरहने र आफ्नै नेतृत्वको सरकारबाट आउँदो आम निर्वाचन गराउने सोचमा देखिनु भएको उहाँ निकट स्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति २०८० फाल्गुन २२, मंगलवार १६:५८ गते
हजुरको प्रतिक्रिया