बेसीशहर– लमजुङ अस्पताललाई थप गुणस्तरीय बनाउन सरोकारवालाहरूले माग गरेका छन् । अस्पतालको सार्वजनिक सुनुवाईका क्रममा त्यस्तो माग फागुन २३ गते गरिएको हो ।
अस्पताल व्यवस्थान समितिका अध्यक्ष हरीजङ तामाङको अध्यक्षतामा उक्र सार्वजसनिक सुनुवाई कार्यक्रम भएको हो ।
सो अवसरमा बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा अस्पतालका प्रमुख मेसु डा. विशाल तिवारीले अस्पतालको गत आर्थिक वर्षको आयव्यय र अस्पतालले प्रदान गर्दै आइरहेको सेवा प्रवाहका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नयाँ दीप अनलाईनका सम्पादक सृजना बरालले अस्पतालमा गरिएको सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम नेपाली कागें्रसका जिल्ला सचिव विमल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सहसंयोजक अशोक सापकोटा, राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, नेपाली काग्रेंस विपीका जिल्ला अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख खिमनाथ शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण खनाल, औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष धनबहादुर अधिकारी, लमजुङ मोडल हस्पिटलका म्यानेजिङ डाइरेक्टर कल्पना पौडेल घिमिरे, उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष किसान संगीत, मानव सेवा आश्रमका संयोजक अनिता अधिकारी, आदर्श युवाक्लव सहजीका अध्यक्ष राजेन्द्र केसी, सरोकारवाला निकाय, स्थानीय लगायत उपस्थितिको उक्त कार्यक्रम भएको होे ।
सो अवसरमा सहभागीहरूले अस्पतालले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा आ–आफ्नो धारणा राखेका थिए । अस्पतालमा दक्ष जनशक्ति थप गर्नुपर्ने, भएका उपकरणहरू सुचारु गर्न जनशक्तिको प्रवन्ध गरिनुपर्ने, ल्याव, फार्मेसीमा भिडभाड नियन्त्रण गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, अस्पतालकै फार्मेसीमा निःशुल्क र सशुल्क औषधीहरू सहज रुपमा उपलब्ध गराउनु पर्ने, छिटो छरितो र सहज रुपमा नागरिकहरूलाई सेवा दिनुपर्ने लगायतका सुझावहरू प्राप्त भएका थिए ।
सहभागीहरूबाट आएका र सामाजिक परीक्षणमा आएका गुनासा तथा सुझावहरूलाई अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष हरीजङ तामाङले अस्पतालको अवस्थाको वस्तुस्थितिबारेमा जानकारी दिदै प्रस्ट्याउने काम गर्नु भएको थियो । उहाँले प्राप्त भएका सुझाबहरूलाई आउँदा दिनहरूमा पुरा गर्नको लागि सकेको पहल गर्ने बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालको व्यवस्थापन समितिका सदस्य मोहनबहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । लमजुङ जिल्ला अस्पतालको आयोजनामा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रम माया मिडिया हाउस (नयाँ दीप अनलाइन)को संयोजनमा गरिएको हो ।
प्रकाशित मिति २०८० फाल्गुन २३, बुधबार २२:१४ गते