नवौँ ग्रामीण पर्यटन फुटबल कपको उपाधि आयोजकलाई

नवौँ ग्रामीण पर्यटन फुटबल कपको उपाधि आयोजकलाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २ गते शुक्रबार ०८:१४

सो अवसरमा सञ्चालन गरिएको नृत्य प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ८ भोटआडारकी अमिसा गुरुङ प्रथम, राइनास नगरपालिका– ९ कुडुले गाउँकी संञ्जिता गुरुङ द्वितीय तथा सोही गाउँकी सलिना थापा मगर तृतीय भएका छन् ।

पहिलो उपधिसँगै एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त

राइनासकोट(लमजुङ)– लमजुङको एक ग्रामीण पर्यटकीय गाउँमा आयोजित नवौँ ग्रामीण पर्यटन फुटबल कपको उपाधि आयोजक शिव शंकर युवा क्लवले हात पार्न सफल भएको छ । पूर्वीक्षेत्रमा रहेको ग्रामीण पर्यटकीय स्थल राइनासकोटमा शिवरात्रीका अवसरमा सञ्चालित सो प्रतियोगितामा आयोजक क्लब विजयी भएको हो ।
आयोजक शिवशंकर युवा क्लव र तमु एकता युवा क्लव कुडुले, राइनास नगरपाकिला– ९ का विच भएको फाइनल खेलमा निर्धारित खेल समयमा दुवै टिमबाट १/१ गोलको बरावरीमा टुंगियो । त्यसपछि थप भएको समयमा पनि कुनै पक्षबाट पनि गोल हुन सकेन । अन्त्यमा ट्राइब्रेकरमा तमु एकता कुडुलेलाई आयोजक शिव शंकरले २– १ अन्तरले हराउदै नवौँ ग्रामीण पर्यटन कप फुटबल प्रतियोगिताको विजेता बनेको आयोजक क्लबका पूर्वअध्यक्ष प्रकाश गुरुङले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताको विजेता शिव शंकर टिमलाई एक लाख ११ हजार एक सय एघार रुपैया, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, उपविजेता टिमलाई ५५ हजार पाँच सय ५५ रुपैया, कप, मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई राइनास नगरपालिका प्रमुख खडुगवहादुर गुरुङ र राइनास नगरपालिका– ९ का वडाअध्यक्ष लुविन्द्र गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो । सो फुटबल प्रतियोगितामा २६ टिम सहभागी थिए ।
प्रदेश सभा सदस्य डा. टकराज गुरुङले उदघाटन गरेको सो प्रतियोगिता एक सातासम्म चलेको आयोजकको भनाइ छ ।
शिव शंकर युवा क्लवले महाशिवरात्रीको अवसरमा ग्रामिण पर्यटन कप फुटबल प्रतियोगिता सँगै विभिन्न सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
सो अवसरमा सञ्चालन गरिएको नृत्य प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ८ भोटआडारकी अमिसा गुरुङ प्रथम, राइनास नगरपालिका– ९ कुडुले गाउँकी संञ्जिता गुरुङ द्वितीय तथा सोही गाउँकी सलिना थापा मगर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीयलाई क्रमशः २० हजार र १० हजार नगद सहित कप र प्रमाणपत्र, प्रदान गरिएको थियो । तृतीय हुनेलाई सान्त्वना स्वरुप नगद २ हजार र प्रमाणपत्र दिइएको क्लवका पूर्वअध्यक्ष प्रकाश गुरुङले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८० चैत्र २, शुक्रबार २०:१४ गते
हजुरको प्रतिक्रिया