बेसीशहर– विश्वहिन्दु महासंघ नेपालको गण्डकी प्रदेशस्तरीय भेला÷अधिवेशन लमजुङमा गर्ने निर्णय गरिएको छ । विश्वहिन्दु महासंघको जिल्ला समिति बैठकले चैत २ गते त्यस्तो निर्णय गरेको हो ।
विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष गणेश न्यौपानेको प्रमुख आथिथ्यतामा बेसीशहरस्थित नारायण मन्दीर परिसरको हलमा सो भेला भएको हो । भेलाले सर्वसम्मत रुपमा विश्वहिन्दु महासंघ नेपाल गण्डकी प्रदेशको भेला एवम् अधिवेशन जिल्ला समिति लमजुङले आगामी बैशाख तेस्रो हप्ता लमजुङ जिल्लामा आयोजना गर्न प्रदेश एवम् केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरिएको प्रचार प्रसार उपसमितिका संयोजक सचिव कमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार उक्त अधिबेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरूसमेत गठन गरिएको छ । उपसमितिहरू पाँचदेखि नौ सदस्यीयसम्म रहेका छन् ।
प्रचार प्रसार उपसमितिका संयोजक सचिव कमल अधिकारी हुनुहुन्छ । प्रचार प्रसार उपसमिति ७ सदस्यीय गठन गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार आर्थिक संकलनमा कोषाध्यक्ष राजकृष्ण पौडेलले ९ सदस्यीय उपसमिति बनाएको बताउनु भएको छ । त्यस्तै, अतिथि सत्कारमा वरिष्ठ उपाध्यक्ष रमारज खनिया संयोजक हुनुहुन्छ भने उहाँले सो उपसमिति ५ सदस्यीय गठन गरेको जानकारी दिनु भएको छ । यसैगरी, आवास व्यवस्थापन उपसमितिको संयोजकमा घना दनाई चयन हुनुभएको छ । उहाँले पनि ५ सदस्यीय उपसमिति गठन गर्नु भएको छ ।
त्यस्तै, मन्च व्यवस्थापन उपसमितिमा उपाध्यक्ष शोभा थापा र्संयोजक हुनु भएको र उहाँले पनि ५ सदस्यीय समिति बनाइको बताउनु भयो । भोजन खाजा पानी उपसमितिमा सोमराज बराल चयन हुनुभएको छ । उहाँले आफ्नो उपसमिति ७ सदस्यीय बनाएको जानकारी दिनुभएको छ । त्यसैगरी, झांकी र्याली व्यवस्थापनका लागि अपर्णा खनालको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको छ ।
सो बैठक विश्वहिन्दु महासंघका जिल्ला अध्यक्ष शालिग्राम अधिकारीको अध्यक्षतामा बसेको थियो ।
प्रकाशित मिति २०८० चैत्र २, शुक्रबार २१:५८ गते