नौथर(लमजुङ)– दोर्दी गाउँपालिकाको केन्द्र यहाँ सञ्चालित निःशुल्क आँखा शिविरमा १५८ जनाको शल्यक्रिया गरिएको छ । चार दिने निःशुल्क सो शिविरमा कुल एक हजार २१५ जनाले सेवा लिएको शिविरको आयोजक दोर्दी गाउँपालिकाले चैत ४ गते जनाएको छ ।
उक्त निःशुल्क आँखा उपचार शिविर सुरुमा तीन दिने शिविर भनिए पनि विरामीको चाप बढेपछि एक दिन थप गरिएको थियो ।
शिविरको अन्तिम दिन ३६ जनाको शल्याक्रिया गरिएको थियो ।

चैत १ गतेका दिन सुरु भएको उक्त शिविर पहिलो दिनमा नै ३५ जना र दोस्रो दिन ४८ जना र तेस्रो दिन ३९ जनाको आँखामा मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार तेस्रो दिनसम्म १ सय २४ जनाको शल्यक्रिया गरिसकिएको छ । उहाँले भन्नुभयो, ‘शल्यक्रिया गरिएका विरामीलाई सचेतनासहित औषधी र कालो चश्मा वितरण गरिएको छ ।’ दुरदराजमा वर्षौदेखि आँखाको समस्या भइ सहज उपचार नपाएका पालिकाबासीहरूको सेवा गर्न पाउँदा गर्व महसुस भएको छ । शिविरमा बेसीशहर, मर्स्याङ्दी, सुन्दरबजार, दुधपोखरीका नागरिकहरूले पनि सेवा लिनु भएको छ । शिविर अवधीभर विभिन्न तवरबाट सहयोग गर्नु हुने सम्पूर्ण प्रति आभारी छौं ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोग, मुटु फाउण्डेश न काठमाडौं र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन र शान्ति मिलन युवा क्लव नौथर शेरा लमजुङको सह–आयोजनमा दोर्दी गाउँपालिकाको कार्यालयले शिविरका आयोजनागरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीका स्वकीय सचिव हरि घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार प्राविधिक सहयोग गर्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौका मेडिकल डाइरेक्टर तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कमलबहादुर खड्का सहित १५ जनाको टोलीले सेवा दिएको थियो ।
शिविरको समापनका अवसर सहयोगी सबैलाई दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले विशेष धन्यवाद दिदै डाक्टरको टिमलाई विदाई गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० चैत्र ५, सोमबार ०५:४४ गते