सुन्दरबजारका दुई सहकारीमा चोरी

सुन्दरबजारका दुई सहकारीमा चोरी

नवराज पहाडी

@antaranganews

२०८० चैत ६ गते मङ्गलबार ०७:३८

हाम्रो सहकारी संस्थाबाट ८७ हजार ४३० रुपैयाँ चोरी भएको छ भने साना किसानको २५ सय रुपैयाँ प्रहरीले लेख्न नमानेको बताइएको छ ।

शुंखलाबद्ध चोरीले सुरक्षा थ्रेड बढ्यो, इकाला प्रहरी कार्यालयको दरबन्दी आधाभन्दा कम पूर्ति

सुन्दरबजार(लमजुङ)– यहाँ स्थित दुई सहकारी संस्थामा चोरी भएको छ । गए राति सुन्दरबजार नगरपालिका– ७ मेनबजार स्थित हाम्रो बचत तथा ऋण संस्था लि. र सोही नगरपालिका– ६ मिलनचोक स्थित साना किसान सहकारी सहकारी संस्था लि.मा चोरी चोरी भएको चैत ६ गते ती सहकारीले बताएका छन ।
दुबै सहकारीमा राखिएका सिसिटिभी क्यामराको तार चुडालेर सो चारी भएको तर हाम्रो सहकारीको एक क्यामरा चोरले नदेखेको हुँदा त्यसमा भने केही दृश्य कैद भएको पाइएको सो सहकारीका सञ्चालकहरूको भनाइ छ । उनीहरूका अनुसार दुई जना चोर विहान २ः१० बजे पछाडि रहेको ग्रिल तोडेर सहकारीमा चोर्नका लागि छिरेको देखिन्छ । ती दुई सहकारीको दुरी करिब आधा किमि रहेको स्थानीयको भनाइ छ ।
साना किसान सहकारीमा पनि पछाडिबाटै छिरेको देखिन्छ सो सहकारीको सञ्चालक समितिका अध्यक्ष बुद्धिनाथ अधिकारीले बताउनु भयो । उहाँका अनुसार उक्त सहकारीमा भएको चोरीका बारेमा वडाध्यक्ष दिनेशबाबु कोइरामलाको रोहबरमा मुचुल्का गरिएको हो । दिनभरको कारोबारको रकम बैंकमा जम्मा गरेपछि बिक्री भएको करिब २५ सय रुपैयाँ चारी भएको प्रहरीले लेख्न मानेन अध्यक्ष अधिकारीले बताउनु भयो ।
दिनभरको कारोबारको रकम ८६ हजार ४५० रुपैयाँ पाँच बज्नु अघि बैंकमा दाखिला गरिएको सो सहकारीका सहायक प्रवन्धक सरस्वति खनियाले बताउनु भयो । उहाँका अनुसार चोरले लगेको सिसिटिभीको हार्डडिक्स ३५ हजारमा किनिएको हो ।
उता, हाम्रो सहकारी संस्थाबाट ८७ हजार ४३० रुपैयाँ चोरी भएको सो संस्थाको सञ्चालक समितिका अध्यक्ष विकास श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पछाडि रहेको भेन्टिलेसनको ग्रिल तोडेर छिरेका रहेछन् । उहाँले भन्नुभयो, ‘छिरेपछि सिसिटिभीको तार र नेटको तार काटेका रहेछन् तर यौटा क्यामेराको तार काट्ने मेसो नपाएको हुँदा बचेको रहेछ । त्यसमा विहान २ः१० बजे उनीहरू सहकारीमा छिरेको देखिन्छ ।’
‘चोरको प्रकृति कस्तो बुझ्नु भयो ?’ भन्ने जिज्ञासामा २ क्विन्टलको सेफ फोर्ने भनेपछि चानचुने चोर हो त कसरी भन्नु ? अध्यक्ष श्रेष्ठले बताउनु भयो । ‘चार– छ महिना वर्षदिन विराएर बारम्बार यस्ता घट्ना भइरहन्छन् ? चोर नसमातिनुमा के लाग्छ ?’ भन्ने थप जिज्ञासामा त्यो त प्रहरी प्रशासनले जान्ने कुरा हो उहाँले भन्नुभयो ।
यसबारेमा त्यहाँ रहेको इलाका प्रहरी कार्यालय सुन्दरबजारमा सम्पर्क गर्दा हामीले त सकेको गरेका छौं, पदपूर्ति नै कम छ भनियो । सो प्रहरी चौकीमा २३ जनाको दरबन्दी रहेकोमा ११ जनाको पद पूर्ति रहेको त्यसमा पनि एक जना कार्यालय सहयाक रहेको बताइएको छ ।
यसबारेमा सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालयमा दरबन्दी थप गर्नु पर्ने स्थिति छ, त्यसमा पनि निर्र्धारण भएको पद पनि पूर्ति नभएपछि कसरी काम भएन भन्ने भन्नुभयो । उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘सवारी साधनको हकमा एउटामात्र मोटर वाइग रहेको स्थिति रहेको छ, यस्तो अवस्थमा प्रहरीले गरेन भन्ने पनि कसरी ?’

प्रकाशित मिति २०८० चैत्र ६, मंगलवार १९:३८ गते
हजुरको प्रतिक्रिया