पहिलो पटक अधिकृत समाज काठमाडौं गठन

पहिलो पटक अधिकृत समाज काठमाडौं गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत ७ गते बुधबार ०६:५५

समाजका संरक्षक काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढी अधिकृत कर्मचारीहरूको सहभागिता थियो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।

काठमाडौं– अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । दक्षिणकालीमा आयोजित भेलाले सो समिति गठन गरेको हो ।
आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरूको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरी काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।
समाजका संरक्षक काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढी अधिकृत कर्मचारीहरूको सहभागिता थियो ।
हाल जिल्ला भित्रका अधिकृतहरू संगठित रहेको समाजमा भविष्यमा अधिकृत भन्दा तलका सम्पूर्ण कर्मचारी समेत जोडेर बृहत कर्मचारी समाज बनाउने समेत परिकल्पना गरिएको संस्थाका उपाध्यक्ष नारायणदत्त भण्डारीले बताउनु भयो ।
सोही अवसरमा गठन भएको सो समाजको तदर्थ समितिको पदाधिकारीहरूमा अध्यक्ष गोबिन्दराज आचार्य आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्वर, उपाध्यक्ष नाराणयदत्त भण्डारी सडक डिभिजन कार्यालय, काठमाडौं, उपाध्यक्ष नमुना कार्की दाहाल कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल, सचिव दिपक कुमार के.सी. दक्षिणकाली नगरपालिका, सह–सचिव सुजनकुमारी बर्देवा जिल्ला प्रशासन कार्यालय, कोषाध्यक्ष लता महत नागार्जुन नगरपालिका, चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यहरूमा भूमिराज भूसाल को.ले.नि.का., सुन्धारा, गीता पौडेल राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, तिलकराज बोगटी आन्तरिक राजश्व कार्यालय ठमेल, कुलप्रसाद पराजुली, प्रकाश दुलाल नापी कार्यालय, मनमैजु, अनुपम पौडेल जिल्ला प्रशासन कार्यालय काठमाडौ खगेन्द्रसिंह धामी, डुरदेव बराल, गोश्वरा हुलाक कार्यालय, डिल्लीबजार, शिवलाल गैहे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका छन् ।
सो अवसरमा दक्षिणकालीमा वनभोज कार्यक्रमको समेत आयोजना गरी उक्त समिति गठन गरिएको हो ।

प्रकाशित मिति २०८० चैत्र ७, बुधबार ०६:५५ गते
हजुरको प्रतिक्रिया