कांग्रेस संसद विनोद चौधरीबारे थप अनुसन्धानमा बढ्यो सीआईबी

कांग्रेस संसद विनोद चौधरीबारे थप अनुसन्धानमा बढ्यो सीआईबी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत ८ गते बिहिबार ०६:२८

कांग्रेसले संसदमा सहकारी अनियमितता मुछिएको दावी गर्दै संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै आएको बेला गृह मन्त्रालय मातहतको सीआईबीले कांग्रेस सांसद चौधरीमाथि अनुसन्धान भइरहेको छ बारे सभामुखलाई जानकारी पत्र लेख्नुले विशेष चर्चा पाएको छ ।

ललिता निवासको जग्गा फिर्ता गरिएसँगै अब बाँसबारी छालाजुत्ता कारखानाको पनि फिर्ता हुने संकेत

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सभामुखलाई जानकारी दिएको छ । सीआईबीले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरिएको पत्र चैत ७ गते पठाएको हो ।
ललिता निवासको जग्गा फिर्ता गरिएसँगै अब बाँसबारी छालाजुत्ता कारखानाको पनि फिर्ता हुने संकेत देखिएको छ । कांग्रेसले संसदमा सहकारी अनियमितता मुछिएको दावी गर्दै संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै आएको बेला गृह मन्त्रालय मातहतको सीआईबीले कांग्रेस सांसद चौधरीमाथि अनुसन्धान भइरहेको छ बारे सभामुखलाई जानकारी पत्र लेख्नुले विशेष चर्चा पाएको छ ।
चौधरीमाथि सीआईबीले ‘जग्गा कीर्ते गरी ठगी गरेको मुद्दा’मा अनुसन्धान गरिरहेको छ । संविधान अनुसार संसद अधिवेशन चलिरहेका बेला फौजदारी कसूरमा सांसदलाई पक्राउ गरेमा सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ ।
त्यसकै बारेमा सो पत्र लेखिएको बताइएको छ । सो पत्रमा भनिएको छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको कामपा– ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट ‘च्याम्पियन फुटवेयर लिमिटेड’को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ ।’
सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि गत माघ १८ गते सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । वसन्त चौधरी लगायतसँग कागज गराए पनि विनोद चौधरीको हकमा यसअघि केही गरिएको थिएन ।
अनुसन्धान भइरहेको बारेमा सभामुखलाई जानकारी गराउनुको अर्थ सांसद चौधरीलाई जतिबेला पनि बयानका लागि बोलाउनसक्ने बुझ्नुपर्ने सीआईबी प्रमुख तथा एआईजी श्यामलाल ज्ञवाली बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘संसदलाई जानकारी गराइसकेपछि अब जनुसुकै बेला हामीले बोलाउने र बयान गराउन सक्छौं’ सांसदले पनि संसद बैठक छ भनेर टार्न मिलेन, त्यही प्रयोजनका लागि पत्र पठाइएका हौं ।’
काठमाडौँ महानगरपालिका– ३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरी ग्रुपका ३ दाजुभाइ नै अनुसन्धानको दायरामा आएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार वसन्त चौधरीलाई घटना विवरण कागज गराएको छ ।
स्मरणीय छ, अनुसन्धान भइरहेको विषयमा जानकारी गराउनुपर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । सीआईबी अधिकारीहरूका अनुसार सांसद चौधरीबारे संसद वा सभामुखले कुनै जानकारी पनि मागेको छैन तर पनि सो पत्र किन लेखियो ? विशेष कौतुहलता जागृत गराएको छ ।

प्रकाशित मिति २०८० चैत्र ८, बिहीबार ०६:२८ गते
हजुरको प्रतिक्रिया