राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा पर्वत पहिलो, साथमा कवि गोष्ठी

राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा पर्वत पहिलो, साथमा कवि गोष्ठी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत ११ गते आईतबार १२:२३

गोष्ठीमा अनेसास पोर्चुगल च्याप्टरकी सचिव गोमा रेग्मी ले कार्यक्रम स्थल घनपोखरामा अघिल्लो दिन कविहरूको टोली पुगेदेखि कार्यक्रम चल्दै गर्दासम्मको विषयवस्तु चित्रण गरी लेख्छु भएको छन्द कविताले विशेष चर्चा पाएको थियो । त्यस्तै, डडेल्धुराकी पार्वती भट्टले देउडा गाएर लमजुङेहरूका लागि पस्कनु भएको नयाँ स्वादको पनि तारिफ गरिएको थियो ।

पिता स्व. दुर्गाबहादुर केसीका नाउँमा पुरस्कार घोषणा

घनपोखरा(लमजुङ)– लमजुङमा आयोजना गरिएको पहिलो राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा पर्वतकी सजीना पौडेल पहिलो भएकी छन् भने खोटाङका अनाम उपेक्षित दोस्रो भएका छन् । सो प्रतियोगिताको पुरस्कार वितरण समारोहको यहाँ आयोजित कार्यक्रममा सो घोषणा चैत १० गते गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विजयराज न्यौपाने लमजुङ हालः काठमाडौं तेस्रो, तुलसीप्रसाद भट्टराई झापा र उदयपुरकी सुमी पोखरेलले सान्त्वना स्थान हासिल गरेका थिए । यसैगरी, बैतडीका कर्णदयाल सोराङीलाई विशेष सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । ती विजेताहरूकार्य कार्यक्रमका प्रमुख अतिथि डा गुरुङ, विशेष अतिथि त्रय गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेल, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष क्रमशः अर्जुन गुरुङ र सूर्यप्रसाद गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । उक्त प्रतियोगितामा पहिलो हुनेलाई ४० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ, तेस्रोलाई २० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेलाई १०– १० हजार रुपैयाँ र विशेष सान्त्वना स्थानलाई छ हजार रुपैया नगदका साथ फ्रेमसहितको प्रमाणपत्र प्रदान गरिएको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो ।

सो अवसरमा वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको अर्धकदको सालिका अनावरण, उहाँको व्यक्तित्व चिनाउने कविवर मेदिनी सु्वेदीद्वारा लिखित ‘मेरो कविगुरु डिल्लीजङ गुरुङ’, अनेसासद्वारा प्रकाशित राष्ट्रकवि माधव घिमिरे विशेषांक ‘दर्पण’ तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नु भरिएको थियो ।
कवि गोष्ठी :
सो अवसरमा प्रतियोगितामा उत्कष्ठ ठहर भएका १८ कविहरूका साथ अनेसास लगायतका विभिन्न संस्थाका प्रतिनिधि कविहरू निम्त्याइएका थिए । सहभागी कविहरूले आ– आफ्ना रचना वाचन गरेका थिए । गोष्ठीमा अनेसास पोर्चुगल च्याप्टरकी सचिव गोमा रेग्मीले कार्यक्रम स्थल घनपोखरामा अघिल्लो दिन कविहरूको टोली पुगेदेखि कार्यक्रम चल्दै गर्दासम्मको विषयवस्तु चित्रण गरी लेख्नु भएको छन्द कविताले विशेष चर्चा पाएको थियो । त्यस्तै, डडेल्धुराकी पार्वती भट्टले देउडा गाएर लमजुङेहरूका लागि पस्कनु भएको नयाँ स्वादको पनि तारिफ गरिएको थियो ।
उक्त अवसरमा साहित्यका लागि पर्यटन काव्ययात्राका परिकल्पनाकार ऋषभदेव घिमिरे, वरिष्ठ मुक्तककार दिव्य गिरि, मुक्तककार मीना चौलागाई, साहित्य तथा कला संस्कृति प्रतिष्ठान झापका अध्यक्ष दुर्गाप्रसाद सिंग्देल, अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलंकीका उपाध्यक्ष जगदिश्वर पोखरेल, आयोजक प्रतिष्ठानका कार्यकारी सदस्य नवीन बराल, आयोजक प्रतिष्ठानका आजीवन सदस्य एवम् कर्मदा सिर्जनामञ्चका उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र, कवि एवम् सम्पादक रमेश दाहाल, मर्स्याङदी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारी, राधिका अधिकारी, पौडेल विमुन्स, कल्पना खरेल, कृष्णप्रसाद पौडेल, वासुदेव ठकुरी लगायतले कविता वाचन गर्नु भएको थियो । यसैगरी अयोजक प्रतिष्ठानका आजीवन सदस्य शिवकुमारी अधिकारीले लमजुङ चिनारी गीत हरिदेवी कोइरालाको स्वर कपि गरेर गाउँदै मनोञ्जन प्रदान गर्नु भएको थियो ।
पिता स्व. दुर्गाबहादुर केसीका नाउँमा पुरस्कार घोषणा :
कार्यक्रमको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य कृष्ण केसीले सो अवसरमा आफ्ना पिता दुर्गाबहादुर केसीको स्मृतिमा पुरस्कारको घोषणा गर्नु भएको छ ।

तत्कालका लागि ५० हजार रुपैयाँको अध्यक्षकोष रहने उक्त पुररस्कार लोक संस्कृति तथा लोक साहित्यको खोज अनुसन्धान गर्ने व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गरिने केसीले बताउनु भएको छ ।
उक्त प्रतिष्ठानले सञ्चालन गर्ने अक्षयकोष सहितको यो चौथो पुरस्कार हो । यसअघि प्रतिष्ठानमार्फत ‘ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार’, ‘ठाडोभाका– असल आमा/बाबु सम्मान पुरस्कार’ र ‘ठाडोभाका– हने. सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’ सञ्चालनमा आएका छन् ।
नवस्थापित पुरस्कारको कार्यविधि बनाएर व्यवस्थित र पारदर्शी तरिकाले सञ्चालन गर्ने प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार पुरस्कारका संस्थापकहरूको परिवारकातर्फबाट एक जना र प्रतिष्ठानका प्रतिनिधि एक एकजनाको संयुक्त दस्तखत रहने गरी पुरस्कारका अक्षयकोषहरू सञ्चालनको प्रवन्ध प्रतिष्ठानले गरेको छ ।

पहाडीले भन्नुभयो, ‘अक्षयकोषको रकम दुरुपयोग हुनबाट बचाउनका लागि यस्तो नीति अपनाइएको हो । किनकि, हामी सधैं हुँदैनौं तर पुरस्कार भने पृथ्वी रहँदासम्म चलिरहन्छ ।’

वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका कान्छा छोरा मेजर गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले धन्यवाद मन्तव्य समेत व्यक्त गर्नु भएको थियो भने ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले सञ्चालन तथा उपाध्यक्ष शोभा थापाले स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० चैत्र ११, आईतवार १२:२३ गते
हजुरको प्रतिक्रिया