एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई प्यानल भिड्दै

एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई प्यानल भिड्दै

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १२ गते सोमबार १०:४४

कास्कीमा एमाले पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी आ– आफ्नो समूह बनाएर निर्वाचनमा होमिने भएपछि त्यसको प्रति छाँया लमजुङमा पनि प्रष्ट पर्ने भएको छ ।

कास्कीको प्रति छाया लमजुङमा पनि पर्ने संकेत देखिएको छ ।

पोखरा– नेकपा (एमाले) कास्कीमा नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा देखिएका छन् । नेतृत्वका लागि आज चैत १२ गते चयन निर्वाचन हुने कार्य तालिका छ ।
पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी आ– आफ्नो समूह बनाएर निर्वाचनमा होमिने तयारी देखिनु भएको छ । पृथ्वीसुब्बा समूहबाट एमाले कास्कीको अध्यक्षमा माधव बास्तोला र सचिवमा सुरेन्द्र गुरूङलाई उम्मेदवार बनाउने तयारी छ । त्यस्तै, खगराज प्यानलबाट अध्यक्षमा हालका सचिव बैनबहादुर क्षेत्री र सचिवमा दर्शन लामा उम्मेदवार बन्ने हुनु भएको छ ।
२०७४ को निर्वाचनबाट जिल्ला समन्वय समिति कास्कीका सभापति समेत बन्नुभएका क्षेत्री एमाले कास्कीका सचिव हुनुहुुन्छ ।
युवा संघको केन्द्रीय उपाध्यक्षसमेत बन्नु भएका अध्यक्षका उम्मेदवार बास्तोला मदन भण्डारी फाउण्डेसन कास्कीका अध्यक्ष समेत हुनुहुन्छ ।
अधिवेशनमा अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक, सचिव बैनबहादुर क्षेत्रीले सांगठानिक र आर्थिक विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । यी तीनवटै प्रतिवेदनमाथि छलफल गर्न ११ वटा समूह बनाइएको छ । आज प्रत्येक समूहबाट एक एक जनाले प्रतिवेदनमा टिप्पणी गर्ने कार्यक्रम छ । सुझावका आधारमा तीनवटै प्रतिवेदन पारित गरेर नयाँ नेतृत्व छनौट प्रक्रिया सुरू हुने एमाले कास्कीले जनाएको छ ।
अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचन गर्नेे कार्यतालिका छ । उक्त अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिइरहेका छन् ।
सो जिल्ला अधिवेशन चैत १० गते सुरु भएको हो ।
स्मरणीय छ, कास्कीमा एमाले पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी आ– आफ्नो समूह बनाएर निर्वाचनमा होमिने भएपछि त्यसको प्रति छाँया लमजुङमा पनि पर्ने प्रष्ट संकेत देखिएको छ । तर पनि लमजुङमा भने दुवै प्यानललाई मिलाएर कमिटी बनाउने प्रयत्न पनि चलिरहेको बताइएको छ । लमजुङका जिल्ला अधिवेशन चैत १६ र १७ गतेका लागि तय भएको छ ।

प्रकाशित मिति २०८० चैत्र १२, सोमबार १०:४४ गते
हजुरको प्रतिक्रिया