मिडिया मैत्री हुने प्रयास गर्छु : प्रजिअ गुरुङ

मिडिया मैत्री हुने प्रयास गर्छु : प्रजिअ गुरुङ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १४ गते बुधबार ०३:४२

प्रजिअ गुरुङले भन्नुभयो, ‘अबका दिनमा हुने सबै क्षेत्रको अनुगमन सांकेतिक नभई परिणाम मुखी हुनेछ ।’

मिडियाले नै देख्ने, सुन्ने र बोल्ने काम गर्ने भएको हुँदा आफूले सदैव मिडिया मैत्री हुने प्रयत्न गर्ने

बेसीशहर– लमजुङका नवागन्तुक प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले मिडिया मैत्री भएर काम गर्न प्रयत्न गर्ने बताउनु भएको छ । उहाँले आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग भेटघाट गरी चैत १३ गते त्यस्तो बताउनु भएको हो ।
पत्रकारहरूबीचमा उति हार्दिकताका साथ नखुल्नु भएका उहाँले संक्षिप्त भनाई राख्नु भएको थियो । त्यसो त उहाँले प्राप्त सुझावहरूलाई काम गर्ने ‘खुराक’को संज्ञा दिनु हुँदै ‘प्रसस्त’ भएको उल्लेख गर्नुभयो । उहाँले पत्रकारहरूबाट प्राप्त भएका सुझावलाई मार्गदर्शकका रुपमा आफूले ग्रहण गरेको र फरक फरक रणनीति बनाएको तिनको कार्यान्वयन तथा सम्बोधन गरिने छ भन्नुभयो । उहाँले सबै क्षेत्रमा अनुगमन र विकासका योजनमा गुणस्तरका बारेमा ध्यान दिने समेत उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘अबका दिनमा अनुगमन सांकेतिक नभई परिणाम मुखी हुनेछ । उहाँले मिडियाले नै देख्ने, सुन्ने र बोल्ने काम गर्ने भएको हुँदा आफूले सदैव मिडिया मैत्री हुने प्रयत्न गर्ने बताउनु भयो ।
उक्त अवसरमा सहायक प्रजिअ गोकर्णराज सुयलले पत्रकारहरूलाई स्वागत गर्नु हुँदै भेटघाट कार्यक्रम सञ्चालनका साथ पत्रकारहरूले राखेका जिज्ञासाको समेत सम्बोधन गर्ने प्रयास गर्नु भएको थियो ।
प्रजिअसँगको भेटघाटमा सहभागी पत्रकारहरूले मध्यपहाडी लोकमार्गको समस्या, उदीपुर पैह्रो क्षेत्रमा निम्तिन सक्ने समस्या, बजार अनुगमनको फित्तलोपन, ट्राफ्रिक प्रहरीको हेल्चक्¥याई, बढ्दो सुरक्षा थ्रेट, ४– ६– ८ महिना वर्ष दिनमा सदरमुकाम सहित सुन्दरबजारलगायतका बजार क्षेत्रमा हुने शृंखलाबद्ध चोरीका घट्नाका अभियुक्तहरू वर्षौं बित्दा पनि पक्राउ नपर्नु तर चोरीका शृंखला नरोकिनु लगायतका विषय निर्भिक र गम्भिरतापूर्वक उठाएका थिए । जिल्लामा रहेका खासगरी विकासका कार्यालयहरू तथा स्थानीय तह मिडिया मैत्री हुन नसकेको, मिडियाले अर्धरोजगारको स्थिति मात्रै भने पनि सम्बोधन गरेका छन् । तर मिडिया बन्द हुँदा यो जनशक्ति पनि पूर्ण बेरोजगार हुने स्थिति बन्नेतर्फ पनि तीन तहको सरकार खासमा नजिकको सरकारहरूले व्यक्तिगत सम्पर्कका आधारमा भन्दा पनि नीतिगत आधारमा मिडियामैत्री व्यवहार गर्नु पर्नेमा ध्यान दिएर मिडियाको स्थायित्वका बारेमा स्थानीय तह लगायतले सोच्नु पर्ने बताएका थिए ।
त्यसैगरी, मस्र्याङदी नदी सुरुङमा सीमित हुने स्थिति प्रति चिन्ता व्यक्त गर्दै यो लगायतका नदीमा १० प्रतिशत पानी छाड्न पहल गर्ने यसअघिका प्रजिअको त्यही कारण सरुवा भएको सुनिएकोप्रति ध्यानाकर्णण गर्दै नवागन्तुक प्रजिअ गुरुङलाई त्यस कार्यमा सफलता मिलोस् भन्ने शुभकामना पत्रकारहरूले दिएका थिए ।

प्रकाशित मिति २०८० चैत्र १४, बुधबार ०३:४२ गते
हजुरको प्रतिक्रिया