बेसीशहर- आजबाट सुरु भएको एसईई परीक्षा लमजुङमा शान्तपूर्ण वातावरणमा सम्पन्न भएको तर १७ जना अनुपस्थित रहेका छन् । पहिलो दिन आज चैत १५ गते अनिवार्य अंग्रेजीकाे परीक्षा थियोे ।
जिल्लामा १७ वटा दिद्यालयमा साे परीक्षा चलिरहेको छ । आजको परीक्षामा १७ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख बीरबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार अनुपस्थित हुने सबै नियमिततर्फका हुन् । उहाँले भन्नुभयो, जिल्लामा खुला समेत ९९ विद्यालयका दुई हजार ६५२ जना विद्यार्थीले परीक्षामा भाग लिएका छन् । जिल्लामा रहेका १७ परीक्षा केन्द्र मध्ये सबैभन्दा बढी यहाँकाे जनविकास माविमा तीन सय जनाले भाग लिएका छन् । त्यस्तै सबैभन्दा कम परीक्षार्थी दुराडाँडाकाे सर्वाेदय माविमा रहेको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख बीरबहादुर गुरुङले बताउनुभएको छ । उहाँका अनुसार साे माविमा जम्मा ६० जना परीक्षार्थी रहेका छन ।
प्रकाशित मिति २०८० चैत्र १५, बिहीबार २०:०२ गते