एसईई परीक्षाको दोस्रो दिन ग्रेड बृद्धिका परीक्षार्थी शून्य

एसईई परीक्षाको दोस्रो दिन ग्रेड बृद्धिका परीक्षार्थी शून्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १६ गते शुक्रबार ०४:३२

जिल्लामा खुला समेत ९९ विद्यालयका दुई हजार ६५२ जना विद्यार्थीले परीक्षामा भाग लिएका छन् ।’ जिल्लामा १७ वटा दिद्यालयमा परीक्षा केन्द्र चलिरहेको छ ।

आज पनि हिजोजस्तै १७ जना अनुपस्थित

बेसीशहर– लमजुङ जिल्लामा सञ्चालन भएको एसईई परीक्षाको दोस्रो दिन ग्रेड बृद्धि चाहने विद्यार्थीको संख्या शून्य रह्यो भने आजका दिनमा पनि हिजोजस्तै १७ जना अनुपस्थित रहे । आज दोस्रो दिन चैत १६ गते अनिवार्य नेपाली विषयको परीक्षा थियोे ।
पहिलो दिन दुई जना ग्रेड बृद्धिका लागि सहभागी भएका थिए तर आज दोस्रो दिन भने त्यस्ता कुनै पनि विद्यार्थी सहभागी नभएको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख बीरबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार आजको परीक्षामा पनि १७ जना नै अनुपस्थित रहे । हिजो जस्तै अनुपस्थित हुने सबै नियमिततर्फका विद्यार्थी हुन् ।
उहाँले भन्नुभयो, ‘जिल्लामा खुला समेत ९९ विद्यालयका दुई हजार ६५२ जना विद्यार्थीले परीक्षामा भाग लिएका छन् ।’ जिल्लामा १७ वटा दिद्यालयमा सो परीक्षा चलिरहेको जानकारी दिदै तीमध्ये १७ परीक्षा केन्द्र मध्ये सबैभन्दा बढी यहाँको जनविकास माविमा तीन सय जनाले भाग लिएका छन् ।
यो परीक्षामा सबैभन्दा कम परीक्षार्थी सहभागी भएको केन्द्र दुराडाँडाको सर्वाेदय मावि रहेको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख बीरबहादुर गुरुङले बताउनुभएको छ । उहाँका अनुसार सो माविमा जम्मा ६० जना परीक्षार्थीले एसईई दिइरहेका छन ।

प्रकाशित मिति २०८० चैत्र १६, शुक्रबार १६:३२ गते
हजुरको प्रतिक्रिया