लमजुङ– लमजुङमा एमाले ९ औं जिल्ला अधिवेशनका क्रममा जिल्ला नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । मनोनय पत्र धमाधम दर्ता भइरहेको जानकारीमा आएको छ ।
नयाँ नेतृत्वका लागि उम्मेदवारले मनोनय दर्ता गर्न बेलुका ८ः३० बजेसम्मका लागि दर्ताको समय थप गरिएको छ ।
यसअघि मनोनयन पत्र दर्ता समय ७ बजेसम्मका लागि निर्धांरण गरिएकोमा ८ बजेम्मका लागि थप भएको थियो ।
ऐलेसम्म अध्यक्ष पदमा हालका अध्यक्ष कृष्णप्रसाद अधिकारी र बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार बिष्ट उपाध्यक्ष पदमा सुभाष पौडेल र जीतबहादुर गुरुङ, सचिवमा हालका सहसचिव जनक मिश्र र राजेन्द्र बोहराले नाम गर्दा गराउनु भएको छ । अधिकारी र बिष्ट आ– आफ्नो प्यानलका साथ भिड्ने तयारीमा हुनुहुन्छ ।
प्रकाशित मिति २०८० चैत्र १७, शनिबार २०:३१ गते