एमाले ९ औं जिल्ला अधिवेशन निर्वाचन : ८३ पदका लागि झण्डै १६० जना प्रत्यासी

एमाले ९ औं जिल्ला अधिवेशन निर्वाचन : ८३ पदका लागि झण्डै १६० जना प्रत्यासी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १७ गते शनिवार ०९:३४

अध्यक्ष पदमा हालका अध्यक्ष कृष्णप्रसाद अधिकारी र बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार विष्ट आ– आफ्नो प्यानलका साथ भिड्ने तयारीमा हुनुहुन्छ । 

मनोनय फिर्ता गर्ने समय राती १० बजेसम्म

लमजुङ– लमजुङमा एमाले ९ औं जिल्ला अधिवेशनका क्रममा जिल्ला नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचित हुने कुल ८३ पदका लागि झण्डै १६० जजाले मनोनय पत्र दर्ता गरेका छन् । उम्मेदवारी फिर्ता िलने समय आजै राती १० बजेसम्मका लागि निर्धारण गरिएको छ ।
नयाँ नेतृत्वका लागि उम्मेदवारले मनोनय दर्ता गर्न यसअघि ७ बजेसम्मको समय निर्धांरण गरिएकोमा ८ बजेम्मका लागि थप भएको थियो । त्यसपछि पनि फेरि आधा घण्टा थपेर ८ः३० बजेसम्मका लागि दर्ताको समय थप गरिएको थियो ।
ऐलेसम्म एमालेको जिल्ला नेतृत्वका लागि अध्यक्ष पदमा हालका अध्यक्ष कृष्णप्रसाद अधिकारी र बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार बिष्ट उपाध्यक्ष पदमा हालका सचिव सुभाष पौडेल र जीतबहादुर गुरुङ, सचिवमा हालका सहसचिव जनक मिश्र र राजेन्द्र बोहराले नाम गर्दा गराउनु भएको छ । गत अधिवेशनमा मिश्रले सर्वाधिक मत अर्थात पपुलर भोट पाउनु भएको थियो ।
यसैगरी, सहसचिवमा महिलातर्फ राधिका अधिकारी र राममाया थापामगर, सोही पदको पुरुयातर्फ राजेन्द्र अधिकारी र विवश बुढाथोकीले उम्मेदवारी दर्ता गर्नु भएको जानकारीमा आएको छ ।
अध्यक्ष सहितका विभिन्न पदमा अधिकारी र बिष्ट आ– आफ्नो प्यानलका साथ भिड्ने तयारीमा हुनुहुन्छ ।

प्रकाशित मिति २०८० चैत्र १७, शनिबार २१:३४ गते
हजुरको प्रतिक्रिया