एमाले लमजुङको ९ औं जिल्ला अधिवेशन निर्वाचन : ८३ पदका लागि १५० जना प्रत्यासी

एमाले लमजुङको ९ औं जिल्ला अधिवेशन निर्वाचन : ८३ पदका लागि १५० जना प्रत्यासी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत १८ गते आईतबार ०६:३१

अध्यक्ष पदमा हालका अध्यक्ष कृष्णप्रसाद अधिकारी र बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार विष्ट आ– आफ्नो प्यानलका साथ भिड्ने तयारीमा हुनुहुन्छ । 

मनोनय फिर्ता लिने समय ऐले बिहान ९ बजेसम्म

बेसीशहर– लमजुङमा एमाले ९ औं जिल्ला अधिवेशनका क्रममा जिल्ला नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । दुई दिनका लागि तय भई चैत १६ गते शुरु भएको अधिवेशन आज चैत १८ गते निर्वाचन सम्पन्न भएपनि मात्र समापन हुने भएको छ ।
निर्वाचित हुने कुल ८३ पदका लागि १५० जजाले मनोनय पत्र दर्ता गरेका छन् । उम्मेदवारी फिर्ता लिने समय ऐले विहान ९ बजेसम्मका लागि निर्धारण गरिएको निर्वाचन समितिका संयोनक महेन्द्रलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पालिकाका केही पदमा निर्विरोध पनि भएको छ । पदाधिकारीहरूमा २/२ जनाको उम्मेदवारी परेको छ । त्यसमा नाम फिर्ता लिने दावी विरोध गर्ने र अन्तिम नामावली निकाल्ने काम बाँकी नै छ । उहाँले भन्नुभयो, ‘बिहान ३ बजे आएर सुतेकोले सबै यस्तै छ भन्ने सक्ने अवस्था रहेन ।’
नयाँ नेतृत्वका लागि उम्मेदवारले मनोनय दर्ता गर्न हिजो ७ बजेसम्मको समय निर्धांरण गरिएकोमा ८ बजेम्मका लागि थप भएको थियो । त्यसपछि पनि फेरि आधा घण्टा थपेर ८ः३० बजेसम्मका लागि दर्ताको समय थप गरिएको थियो ।
एमालेको जिल्ला नेतृत्वका लागि अध्यक्ष पदमा हालका अध्यक्ष कृष्णप्रसाद अधिकारी र बेसीशहर नगर कमिटिका अध्यक्ष राजकुमार बिष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, उपाध्यक्ष पदमा हालका सचिव सुभाष पौडेल र जीतबहादुर गुरुङ, सचिवमा हालका उपसचिव जनक मिश्र र राजेन्द्र बोहराले नाम गर्दा गराउनु भएको छ । गत अधिवेशनमा मिश्रले सर्वाधिक मत अर्थात पपुलर भोट पाउनु भएको थियो । मिश्र र बोहरा २०४९ सालमा क्रमशः कुन्छ र गाउँशहर गाविसको अध्यक्ष भएर काम गर्नु भएको थियो । पछि मिश्र सुन्दरबजार नगरपालिकाको मेयर हुनुभयो । हाल उहाँ पार्टीको सहसचिव हुनुहुन्छ । बोहरा पार्टीमा भन्दा गैसस (आरसिडिसी, लमजुङ) सञ्चालन र सहकारी अभियानमा सक्रिय रहनु भयो । जिल्ला सदरमुकाम क्षेत्रको भएर उहाँ पार्टीमा ओझेलमा परेको पात्रका रुपमा चिनिनु हुन्छ ।
यसैगरी, सहसचिवमा महिलातर्फ राधिका अधिकारी र राममाया थापामगर, सोही पदको पुरुषतर्फ राजेन्द्र अधिकारी र विवश बुढाथोकीले उम्मेदवारी दर्ता गर्नु भएको बताइएको छ ।
अध्यक्ष सहितका विभिन्न पदमा अधिकारी र बिष्ट आ–आफ्नो प्यानलका साथ भिड्ने तयारीमा हुनु भएको जानकारीमा आएको छ ।

स्मरणीय छ, पूर्व निर्धारित कार्यक्रम अनुसार ऐले विहान ८ बजेबाट मतदान हुने भनिएको थियो ।

प्रकाशित मिति २०८० चैत्र १८, आईतवार ०६:३१ गते

हजुरको प्रतिक्रिया